इस्कोनद्वारा आयोजित वाक्कला प्रतियोगितामा नवोदय कलेजकी रिदिमा प्रथम, नगद पुरस्कारसहित सम्मानित

  • भदौ १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन्।

इस्कोन मन्दिरद्वारा आयोजित उक्त प्रतियोगितामा दर्जनौँ विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै कलेजको विज्ञान संकाय (कक्षा ११, सेक्सन 'ए') मा अध्ययनरत मेधावी छात्रा भुजेल प्रथम बनेकी हुन्।

​उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै विजेता बनेकी रिदिमाले आकर्षक मायाको चिनो, विजेता प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेकी छन्। रिदिमाको यस सफलतासँगै नवोदय कलेजले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा कायम राख्दै आएको विजयी विरासतलाई यो वर्ष पनि निरन्तरता दिन सफल भएको छ।

​प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछि खुसी व्यक्त गर्दै विजेता छात्रा रिदिमा भुजेलले भनिन्, "यो सफलताको श्रेय म मेरो कलेजलाई दिन चाहन्छु। मेरो रोजाइको नवोदय कलेजले मैले चाहेभन्दा धेरै उत्कृष्ट पढाइसँगै मेरो चौतर्फी व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्‍याएको छ।"

​विद्यार्थीको सफलताप्रति बधाई ज्ञापन गर्दै कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नवोदयका विद्यार्थीहरू पढाइका साथसाथै अन्य अतिरिक्त क्रियाकलापमा पनि सधैँ अब्बल रहँदै आएको बताउनुभयो।

​त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजको लक्ष्य केवल किताबी ज्ञानमा मात्र सीमित नरही एक्काइसौँ शताब्दीको समय र मागबमोजिमको व्यावहारिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको स्पष्ट पार्नुभयो।

​विजेता छात्रा रिदिमा भुजेललाई कलेज परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

धरान भित्रिँदै गरेको ...

धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved