सडक निर्माणमा ढिलाई भएको भन्दै अवरुद्ध

  • साउन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले अवरुद्ध गरेका छन् ।

कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा बर्षाद्को समयमा हिलाम्मे भएपछि स्थानीयहरुल अवरुद्ध गरेका हुन् ।

सो सडकको निर्माणका जिम्मा शर्मा शिवशक्ति जेभीले लिएको छ ।

तर निर्माण कम्पनीले निर्माणमा ढिलाई गर्दा वर्षाको समयमा हिलाम्मे भएर सडक आवातजावतमा समस्या आएपछि सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले बताए ।

उनले भने–‘ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा समस्या भएको छ,

यस विषयमा पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि हामीले सडक अवरुद्ध पारेका हौं ।’

उनले कच्ची सडक त्यसमाथि बर्षाद्को समयमा पानी पर्दा सडकमा पानी जमेर हिलाम्मे हुदा पैदल हिड्न समेत सर्वसाधारणले सास्ती भोग्नु परेको बताए ।

उनले भने–‘सडकको अवस्थाको बारेमा हामीले सडक विभाग र सम्बन्धित निकायलाई पटक पटक ज्ञापनपत्र बुझायौ तर उनीहरुले बेवास्ता गरे, बाध्य भएर हामीले सडक अवरुद्ध पारेका हौीं ।

सडक अवरुद्ध भएपछि मकालु, चिचिला र भोटखोला गाउँपालिका जाने र आउने सयौँ गाडी बाटैमा अलपत्र परेका छन् ।

ठेक्का लागेको लामो समय बितिसक्दा पनि राष्ट्रिय गौरवको किमाथांका–विराटनगर कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन ।

दुई वर्षमा करिब २५ प्रतिशत मात्रै काम भएको छ । सम्झौतानुसार अब ३९ किलोमिटर सडक कालोपत्र ९ महिनामा सम्पन्न गरिसक्नु पर्छ ।

यो पनि

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved