एसईइ रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ ।

विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो ।

उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो ।

बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए ।

उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराहा राईजिङलको बर्चस्व रहयो ।

बेष्ट गोल किपरमा सनसाईनका सुप्रीम सुवेदि, बेष्ट डिफेन्स डन बस्को स्कुलका पृथु मान सिह अधिकारी, बेष्ट मिड फिल्डर सत्यनारायण माविका भरत चौधरी, बेष्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए ।

बेष्ट – कोचमा बराहाका आकाश राई भए । हाइ स्कोर बराहाका रोहन राई, प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी युनिक एकेडेमीका धिरज उराव भए ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए ।

सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ ।

बिजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भिम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved