स्थानीय तह श्रमदानमा केन्द्रित

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

तेह्रथुम/  पछिल्लो समय स्थानीय सरकारले श्रम संस्कृतिको विकास गर्दै लगेका छन् ।

कतिपय स्थानीय तहले श्रम संस्कृतिको नाममा प्रचारबाजी बढी गरेका छन् भने कतिपय स्थानीय तहले प्रचारबाजी भन्दा कामलाई बढी प्राथमिकता दिँदै आएका छन् ।

यसको पछिल्लो उदाहरणको रुपमा तेह्रथुमको लाली गुराँस नगरपालिका  नगरपालिकाले हरेक काममा २५ प्रतिशत श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।

सडक निर्माण, कुलो निर्माण लगायतका भौतिक संरचना निर्माणमा स्थानीयहरुले २५ प्रतिशत श्रमदान गर्नेपर्ने प्रावधान अगाडि ल्याइएको लाली गुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङ बताउँछन् ।

उनी भन्छन्–‘हामी प्रचार गर्दैनौ, यहाँ धेरै श्रमदान हुन्छ, थोरै काम गरेर प्रचारबाजी गर्नेहरुको मात्र चर्चा छ ।’

यस्तै गरी भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा श्रमदानबाट रोपिएको छ ।

गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संगाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।

गाउँपालिकाले प्रत्येक महिनाको एक दिन श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान अगाडि बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाको कार्यपालिका बैठकबाट नै प्रत्येक वडा वडामा महिनामा एक दिन श्रमदान गर्न निर्णय गरेर अगाडि बढेको बताए ।

उनले भने–‘हामीले सबै वडाले महिनामा एक पटक श्रमदान गर्नुपर्ने निर्णय गरेका छौं, यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

उनका अनुसार श्रमदान सञ्चालन गरेर यस गाउँपालिकामा रहेका पर्यटकीय क्षेममा विरुवा रोप्ने काम अगाडि बढाएको छ । यसलाई निरन्तता दिने अध्यक्ष राईले बताए ।

विशेष गरेर पैदलमार्गलाई लक्षित गरी वृक्षारोपण शुरु गरेको बताए । उनले भने–‘

हामीले पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएका छौं, यसल पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्छ भन्ने लागेको छ ।’

 गाउँपाललिकाले घोडेटार, जोर आहाल सगाम, दिमालुङ पैदलमार्गलाई गौरवको योजनाका रूपमा अगाडि बढाएको छ ।

पर्यटकलाई लक्षित गरेर विभिन्न जातका विरुवाहरु रोपिएको छ ।

पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved