विराटनगर/ भानु कलेजले महेन्द्र पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गराएको छ ।
विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम तथा अध्यापनको तौर–तरिकाका वारेमा डा. नरेन्द्र कुमार चौधरीले जानकारी गराएका थिए ।
कार्यक्रममा कलेजका डाइरेक्टरहरु प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा. देवेन्द्र अधिकारी, प्रा.डा. नागेन्द्र प्रसाद साह, प्रा.डा. राजु राम थापा, अतिरिक्त क्रियाकलाप को–अर्डिनेटर देवेश प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै डा. तुलसी निरौला र सविता गौतमले पनि विद्यार्थीहरुलाई शुभकामना दिइका थिए ।
कलेजका डाइरेक्टर नविन गौतमले विद्यार्थीहरुलाई स्वागत गर्दै उज्जवल भविष्य निर्माणको अपेक्षाका साथ भानु कलेज छान्नु भएकोमा हार्दिक धन्यवाद दिएका थिए ।
कलेजका को–अर्डिनेटर रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरुबाट स्वागत गरेका थिए ।
साथै कक्षा १२ का रोशना पौडेल र निराजन चौधरीले आफ्नो एक वर्षको अनुभव सुनाउँदै कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका थिए । नव–आगन्तुक विद्यार्थीहरुका तर्पmबाट एन्जल श्रेष्ठ र आर्यन झाले मन्तव्य राखेका थिए ।
कलेजमा निशुल्क कोचिङ्ग, निशुल्क अंग्रेजी ल्याङ्गवेज क्लास लगायत उद्यमशिलताको विकासको लागि फन फेस्टा जस्ता कार्यक्रम समेत गर्दै आएको छ
त्यस्तै, इन्जिनीयर, डाक्टर, वैंकर, सि.ए. तथा वैज्ञानिकहरु उत्पादन गर्दै विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा कलेज अगाडी बढिरहेको छ ।