ठेक्का एकातिर, पार्किङ शुल्क उठाइन्छ अर्कैतिर

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलाम नगरपालिकाले पार्किङ शुल्कका लागि लगाएको ठेक्का भन्दा बाहिर पार्किङ शुल्क उठाउने गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ट्याक्सी स्टेन छेउको मासु पसल पछाडि मोटरसाइकल पार्किङका लागि ठेक्का लगाए पनि ठेक्का पार्ने कम्पनीले अर्के ठाउँमा ठेक्का उठाउने गरेको छ ।

ठेक्का एक ठाउँको लिएर ठेक्का भित्र नपरेको सिट मार्टको अगाडी धमाधम ठेक्का उठाउने गरेको पाइएको हो ।

मासु पसल सँगैको भवनमा भ्याट बाहेक ४४ हजार तीन सय रुपैयाँमा मोटरसाइकल पार्किङ सेवा शुल्कका लागि ठेक्का लगाए पनि धमाधम सिट मार्ट अगाडी पार्किङ उठाइरहेका छन् ।

एक पटक पार्किङ गरेबापत रु १० का दरले ठेक्का नै नलागेका ठाउँमा ठेक्का उठाइरहँदा इलाम नगरपालिका भने देखेको नदेखेझैँ भएर बसेको छ ।

इलाम नगरपालिका राजश्व शाखा प्रमुख सीतादेवी खवासले ठेक्का लागेको मासु पसल पछाडि हो ठेक्का लागे भन्दा अन्यन्त्र पार्किङ शुल्क उठाउने सम्झौता नभएको बताइन । उनले नगरपालिकाले खुलाएको ठाउँ मानै पार्किङ शुल्क उठाउने गरी सम्झौता भएको बताइन ।

इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले मासु पसल पछाडिकै भवनका लागि ठेक्का लागेको बताए ।

उनले माथकोलाई व्यवस्थित बनाएर सबै मोटरसाइकल भवनमा नै पार्किङ गर्नका लागि केही मापदण्ड बनाएरै काम गर्ने गरी लागिरेको बताए ।

यता पार्किङ शुल्क उठाउने जिम्मा लिएका एन क्यु निर्माण कम्पनीका मुकेश राई ठेक्का लागेको भवनमा मोटरसाइकल पार्किङका लागि जाने भन्दा यहाँ खाली भएको ठाउँमा मोटरसाइकल पार्किङ गर्नुभएकाले यहाँ उठाएको बताए ।

उनले नगरपालिकासँग त्यहाँ खालि हुँदा हुँदै तल मोटरसाइकल पार्किङमा कोही पनि जाँदैनन् भनेर आफूले यहाँ उठाउन थालेको बताउँछन् ।

इलाम बजारमा अन्य ठाउँमा मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएको र अलिकति खुल्ला ठाउँमा त्यो पनि ठेक्का नै नलागेको ठाउँमा पार्किङ शुल्कका नाममा रकम उठाउनुले चौतर्फी आलोचना सुरु भएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved