विराटनगर / जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरु सँगको उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार महानगरपालिका विराटनगरको सभाहलमा आयोजित उक्त कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की सित छात्राहरुले अन्तरक्रिया छलफल गरेका थिए ।
कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाईकन बताउन आग्रह गरिन । उनले भन्नी “तपाईंहरुलाई कुनै समस्या आईपरेमा शिक्षकलाई भनुस शिक्षकलाई भन्न नसके आफनो घर – परिवारको अभिभावकहरुलाई भनुस यदि अभिभावकलाई पनि भन्न नसकेको खण्डमा मलाई भन्नुहोस् महानगरपालिका सधैंभरि तपाईंहरुको साथमा रहनेछ ।”
छात्राहरुलाई अनेकौ समस्या हुने गर्छ जस्तोसुकै समस्या पनि तपाई संग जोडियका छन भने निर्धक भएर बताउनुस ती समस्याको समाधान गर्न महानगर सदैव तयार रहेको उपमेयर कार्कीले बताईन ।
सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी बनाउन नहुने आग्रह गदै । सामाजिक सञ्जालमार्फत साथी बनेर अनेकौं घटनाहरु हुने गरेको पाईनछ । त्यस्ता घटनाहरुबाट समया सचेत रहन नचिनेका व्यक्ती संग भुलेर पनि कुराकानि नगर्ने आग्र गरिन ।
उनले यसअघि विध्यालय पुगेर विद्यार्थीहरु सँग उपमेयर कार्यक्रम सञ्चालन गरेको बताउदै । उपमेयर कार्कीले विध्यार्थीसंगको कार्यक्रम निकै प्रभावकारी भएको बताईन । उद्घाटन समारोहपछि उनले उक्त कार्यक्रमा उपस्थीति कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरु संग मात्रै हलभित्र अन्तरक्रिया छलफल गरिन छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाउदै ।
“त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,” उनले भन्नि “तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा जिग्यासा लागेको कुराहरु राखेको बताईन” सो कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईं, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माल लगायतले मन्तब्य राखेका थिए ।