विद्यालयलाई छात्रवृत्ति विवतरण पेश गर्न महानगरको २४ घण्टे अल्टिमेटम

  • साउन ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

आइतबार बसेको विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको वैठकले सोमबार कार्यालय अवधिभित्र उक्त विवरण पेश नगर्ने विद्यालयहरुलाई कानुनी कारबाही दायरामा ल्याउने निर्णय गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको  वैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकास देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि उपलब्ध गराईएको छात्रवृत्ति वितरण तोकिएकाे समय अबधिभरमा पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

विवरण पेश नगर्ने विद्यालयको नाम महानगरको वेभ साइट मार्फत निकालि सार्वजनिक गर्ने समेत उल्लेख गरिएको छ ।

सोमबार ५ बजेसम्म छात्रवृत्तिको सम्पूर्ण विवरण पेश नगरे हामी त्यस्ता विद्यालयमाथि कारबाही प्रक्रिया अगाडि बढाउँछौं,“महानगरले पटक–पटक विवरण उपलब्ध गराउनका लागि तागेता गर्दा पनि स्कुलहरुले बेवास्ता गरेको भन्दै अब सोमबार सम्म समय दिएको छौ हेरौं, त्यसपछि महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।”

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालयको संख्या ८९ रहेको छ ।

त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको संख्या जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

त्यसमध्ये आइतबार कार्यालय समयभित्र ६५ वटा विद्यालयले शैक्षिक सत्र २०७९ को छात्रवृत्ति वितरणको विवरण पेश गरेका छन्। सोही शैक्षिक सत्रमा २७ वटा विद्यालयले अझै विवरण पेश गरेको छैनन् ।

त्यस्तै गरि २०८० का लागि ५५ वटा विद्यालयले विवरण पेश गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश खड्काले बताएका छन । खड्काका अनुसार २०८० का लागि ३७ वटा विद्यालयले विवरण पेश गर्न बाँकी रहेको देखिएको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैंले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले बताएकी छन ।

सो वैठकमा मेयर कोइराला लगाएत उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य सुरज न्यौपाने, अञ्जु दाहाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, हिसानका अध्यक्ष अमित ढकालको उपस्थिति रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved