मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन ईटहरीमा

  • श्रावण ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ मदन भण्डारी फाउण्डेशन,सुनसरीको सम्मेलन शनिबारका  इटहरी नगर पार्टीको सभाहलमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमा एमालेका प्रदेश नेता खेमराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पोलिटब्यूरो सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले मदन भण्डारी र उहाँद्वारा प्रतिपादित योजनालई मान्यता दिदै द्रुस्तै व्यवहारमा उतार्न सके मात्र एमाले पार्टी दरिलो र सफल हुने बताए ।

यस अनुसार चल्न सबैजनाको प्रतिबद्ध हुनुपर्ने बताए । आफु सुनसरीको इन्चार्ज भएका नाताले अब पार्टी सुदृढीकरण गरेर लानु पर्ने समय आएको समेत उनले बताए ।

फाउन्डेसनका प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रीय सल्लाहकार गोपाल गुरागाईँ,केन्द्रीय सदस्य द्वय जगदीश कुसियत,मन्जू सुवेदी, प्रतिनिधि सभासद् ऋषिकेश पोखरेल,कोसी प्रदेश सभासद् विजय राई र रोहित कार्की र रामदेव यादव तथा धुनकुटा जिल्ला समन्वय समितिका सभापति निर्मल तामाङ र फाउन्डेशन कोशी सचिव सोमराज थापा लगायतले विषयत मन्तव्य व्यक्त गरेका थिए ।

madhan-22pppp

कार्यक्रममा फाउन्डेसनका कोशि सदस्य मिथिला पोखरेलले मदन भण्डारीका मौलिक विचार भावना र उनको शीर्षकको विषय पत्र प्रस्तुत गरेकी थिन । उक्त पत्रमा मदन भण्डारीको योग्दान ,व्याख्या र विश्लेषणमा कम्युनिस्ट अधिनायकवादी ,,निरङकुश र तानासाही होइनन् बरु सामन्तवादी र पुँजिवादी भन्दा ९५ प्रतिशत जनतालाई पूर्ण प्रजातन्त्र प्रदान गर्ने शक्ति  हु्न मदनकै अनुसार जनता भनेका श्रमजीवी हुन् शोषक सामन्ती र भ्रष्ट होइनन् ।

त्यस्तैगरी मिथिलाले विषय पत्रमा जनवाद भनेको अन्य पार्टीले भनेजस्तो खोक्रो प्रजातन्त्र होइन ।आर्थिक र राजनैतिक अधिकार सहितको प्रजातन्त्र हो । भने बिषयमा जानकारी गराईन ।

बन्द सत्रबाट अध्यक्षमा प्रसिद्ध कवि प्रह्लाद भट्टराई, उपाध्यक्षमा अशोक चौधरी,सचिव राजेन्द्र कट्टेल, सहसचिवमा सृजना नेपाल, कोषाध्यक्षमा सरस्वती डाँगी लगाएत ३२ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको थियो । सम्मेलनमा सुनसरीभरिका १२ वटा पालिकाको प्रतिनिधिहरुको सहभागी रहेको मिथिला पोखरेलले बताईन ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved