श्रमदान जलाधार क्षेत्रतर्फ केन्द्रित

  • श्रावण ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् ।

मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ ।

यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो ।

गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ ।

गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान यो हप्ता भने खानेपानीको मुहान सरसफाइ गर्ने काम गरेको हो ।

उनीहरुले विजयपुरमा तीनधारेको खानेपानी मुहान सरसफाइसँगै आवश्यक अनुसारको बोट विरुवा रोपेका हुन् ।

वडाले वडामा रहेका १२ वटा टिएलओ, विजयपुर जलाधार तीनधारे खानेपानी उपभोक्ता समतिसँग सहकार्य गरेर संरक्षणको काम शुरु गरेको हो ।

तीनधारे हिउँदको समयमा धरानमा चरम खानेपानी अभाव हुदा धरानेहरुको लागि खानेपानीको आपूर्ति गर्ने मुहानको रुपमा लिएको छ । अभावका समयमा धरानका अधिकांश वडाले यहाँबाट पानी बाकेर पिउने गर्छन् ।

खानेपानी लिन आउने, नुहाउन आउनेहरुले जथाभावि फोहोर गरेर जाने तर सरसफाइ नगर्ने गरेकाले यसको संरक्षणमा लाग्न वडा सदस्य झर्ना मुखिया पौडेलले अनुरोध गरिन् ।

प्रकृतिले दिएको कुरालाई संरक्षण गर्न नसक्दा मासिदै जाने खतरा बढेकोले यसको संरक्षणका लागि पनि सबैसँग मिलेर श्रमदान थालिएको धरान उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउछन् ।

उनले तीनधारेको पानी १४ नं. वडाबासीले भन्दा पनि अन्य वडाले बढी प्रयोग गर्ने भएकोले यसको संरक्षणका लागि वृक्षारोपण गर्ने र अनावश्यक झार तथा रुखहरुको व्यवस्थापन गरिएको बताए ।

विगतमा मठ मन्दिरको सरसफाइमा केन्द्रित जनश्रमदान अहिले जलाधार क्षेत्रको संरक्षणमा केन्द्रित भएको छ ।

जनश्रमदान उचित कार्यका लागि प्रयोग गरेको खण्डमा यसले सार्थकता पाउने बुझेरै वडा कार्यालय त्यसतर्फ केन्द्रित भएको पाइएको हो ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved