सरकारले बास्केटबललाई उपेक्षा गरेको गुनासो

  • साउन ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/ सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या हुदै आएको प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव हंसराज वाग्लेले बताएका छन् ।

बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।

मुलुक संघीय ब्यवस्थामा गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्यसचिव वाग्लेले जानकारी दिए ।

उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं।

खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं ।

तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो ।

तर, त्यो समेत हुन सकेको छैन ।’

सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्यसचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

यद्धपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।

कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोसी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए।

केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोसी पहिलो भएको उल्लेख गरे ।

उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए। कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका केन्द्रीय अध्यक्ष गुरुङको भनाई छ।

कार्यक्रममा प्रदेशकी पूर्व सभासदस्य विन्दिया कार्की तथा बास्केटबलका पदाधिकारीको उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved