मोटर साइकल चोर्दाचोर्दै रंगेहात पक्राउ

  • साउन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / मोटर साइकल चोर्दाचोदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डबाट एकजनालाई ड्युटीमा खटिएका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

मोरङ केराबारी ८ का बर्ष २५ का अर्जुन चौधरीलाई गाइनो वार्ड अगाडि मोटरसाइकल चोर्दाचोर्दे गरेको अवस्थामा बीपीका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।

आज विहान ४ः३० बजेको समयमा गाइनो वार्डमा को २१ प २२०० नम्बरको १५० सिसीको रातो पल्सर र को २६ प २५७१ नम्बरको निलो पल्सर चोर्ने प्रयास गरिरहेको अवस्थामा डियुटीमा खटिएका सेक्युरिटी गार्ड गौरव श्रेष्ठ, रत्न नेम्बाङ र सनम राईले पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएका हुन् ।

पक्राउ परेका चौधरीका विषयमा बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताए । हुन त प्रतिष्ठानमा मोटरसाइकल चोरी हुने घट्ना पहिलो भने होइन । यहाँ पटक पटक चोरी हुने गरेको छ ।

गाइनो वार्डको ठीक विपरीत दिशामा ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ लेखिए पनि वास्तमा त्यहा सिसी क्यामरा नै लगाएको छैन । चोरलाई पनि यो झुक्याउने काम गरेको भलिभाति थाहा भएकै कारण निर्धक्कसँगै आफ्नो काम गर्ने गर्छन । यसतर्फ बीपी क्याम्पले ध्यान दिन भने सकेको छैन ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved