सडकका पेटीका दुवै पटि वृक्षरोपण

  • साउन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । विशेष गरी वृक्षारोपण गर्दा पायक पर्ने र खुल्ला ठाउँमा रोपिने गरिएको छ । तर धरान उपमहानगर वडा नं. ३ ले भने आफ्नो वडामा रहेका सडकका दुवै भागमा वृक्षरोपण शुरु गरेको छ । वायु प्रदर्शनलाई न्यूनिकरण गर्ने अभिप्रायले वृक्षारोपण शुरु गरिएको वडाले जनाएको छ ।

धरान उपमहानगर वडा न. ३ ले आफ्नो वडामा रहेका कालोपत्रे भएका र कच्ची सडक वरिपरि वृक्षारोपण शुरु गरेको हो । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यले प्राय ः गरेर जंगल तथा पायक पर्ने स्थानमा वृक्षारोपण गरे पनि वायु प्रदूषणलाई कम गर्नकै लागि वडाले सडक वरिपरि वृक्षारोपण गरिएको् बताउनुभयो ।

उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खोला, खोल्सी तथा जंगलमा वृक्षरोपण गरे पनि हरित सहर निर्माण गर्ने अभियानलाई सहयोग पुग्ने उद्देश्यले सहर केन्द्रित वृक्षारोपण गरिएको बताए ।

वृक्षरोपणमा धरान ३ का स्थानीयहरुले भरपुर सहयोग पु¥याएका छन् । सर्वसाधारणले भने बर्षेनी बढ्दै गएको तापक्रमका कारण गर्मी अत्याधिक हुने र गर्मीमा शितलता प्रदान गर्न पनि सहयोग पुग्ने उद्देश्यले वृक्षारोपण गरिएको बताएका छन् ।

धरान ३ सदन रोड निर्माण समितिका अध्यक्ष सर्वजीत राईले गर्मी कम गर्न र वायु प्रदर्शनलाई न्यूनिकरण गर्ने उद्देश्यले सबैको सल्लाह र छलफल अनुसार सडका दुवै पटि वृषरोपण थालिएको बताए ।

वृक्षरोपणमा १५ प्रकारका विरुवाहरु रोपिएका छन् । स्थानीयको सहयोग, नर्सरीबाट खरिद गरेर विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको टोल विकास समिति धरान ३ का अध्यक्ष कृष्णकुमार मगरले जानकारी दिए । सडक बने पछि सडकको सुन्दरता र स्वास्थ्यलाई मध्यनजर गरी वृक्षारोपण गरिएको उनको भनाई छ ।

सदन रोड निर्माण समितिकी कोषाध्यक्ष शान्ता अधिकारीले वृक्षारोपणसँगै भविष्यमा जेष्ठ नागरिक पार्क बनाउने योजना समेत अगाडि बढाएको बताइन् । उनले जेष्ठ नागरिकलाई शितल छहारी बनाउनुका साथै सदन रोडलाई धरानको नमूना रोड बनाउने परिकल्पना अनुसार वृक्षरोपण शुरु गरिएको बताइन्

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved