घर घरमै पुगेर नागरिकता

  • असार ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/  स्थानीय सरकारले प्रशासनसँग सहकार्य गरेर अपांग असहाय तथा फरक क्षमता भएकाहरुका लागि सहयोग पुर्‍याउदै आएको छ ।

प्रशासनले घरमै पुगेर उनीहरुलाई नागरिकता वितरण कार्य शुरु गरेको हो ।

नागरिकता नपाएर दुःख पाएकाहरुलार्ई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा प्रदान गरेको छ ।

पहिलो चरणमा प्रशासन कार्यालय भोजपुरले पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गर्दा उनीहरु हर्षित बनेका छन् ।

पौवादुङमा गाउँपालिका–४ र ६ का अपाग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार वडा नं. ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नं. ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता गरिएको हो ।

नागरिकता पाएपछि खुशीको सीमा नरहेको तेजकुमार राईले बताए । उनले भने–‘नागरिकता नहुदा कामको अवसरबाट बञ्चित हुनुपरेको थियो, अब भने त्यो समस्या हटेर गएको छ ।’

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख घिमिरेले नागरिकता नपाएर क्षमता हुदाहुदा पनि सरकारी सेवाबाट बञ्चित हुनुपरेको समस्या आएपछि घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए ।

उनले भने ‘नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट उनीहरु बञ्चित थिए, त्यो अवसरबाट उनीहरुलाई टाढा राख्नु हुदैन भन्ने अभिप्रायले हामीले घरमै पुगेर सेवा प्रदान गरेका हौं ।’

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved