धर्मिक क्षेत्रको पर्यटनका लागि कोरा राइड्स च्यालेन्ज

  • असार ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / प्रत्येक बर्ष आयोजना हुदै आएको कोरा राइड च्यालेन्ज यस बर्ष पनि भएको छ । धार्मिक मठमन्दिरसँगै पर्यटकीय स्थलको प्रचारप्रसारका लागि यो प्रत्येक बर्ष जुलाई १५ का दिन कोरा राइड च्यालेन्ज गर्दै आएको छ । तिब्बती भाषाबाट आएको कोरा शब्द धार्मिक स्थलको गर्ने अर्थ लाग्ने भएकोले पनि धार्मिक पर्यथकीय क्षेत्रमा यो च्यालेन्स आयोजना हुने गरेको छ ।

धरानमा शनिवार कोरा राइड च्यालेन्ज २०८०को आयोजना भएको छ । धरान १८ बौद्ध गुम्बाट शुरु भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिता जानकी चौक, विजयपुर नीराजन वस्ति, देवीगाउँ, निशाने डाँडा, सोमटार, साउने देउराली महादेव चोक, श्याम चौक, वरगाछी धनकुटे रोड हुँदै बिपी प्रतिष्ठान आएर सम्पन्न भएको थियो ।
साइकल टोलीलाई धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा स्वागत गरिएको थियो ।

धरान उपमहानगरपालिका वडा नं। १४ ले आयोजना गरेको स्वागत कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले साइकल स्वास्थ्य, पर्यटन प्रवद्र्धनका लागि उपयुक्त भएको बताउदै कोरा राइड्स च्यालेन्जमा सहभागी हुन आउनु भएकाहरुलाई स्वागत गर्न पाउँदै खुशी लागेको बताए । कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले यो प्रतियोगिता धार्मिक एवम्र पर्यटकीय क्षेत्रको प्रचारका लागि आयोजना गर्ने गरिएको बताउदै विजयपुरको पुग्ने उकालो विना साइकलिङको कल्पना समेत गर्न नसकिने बताए ।

सो अवसरमा नेवारीहरुको सँस्कृतिभित्र पर्ने धिमे बाजाले स्वागत गरिएको थियो । विजयपुरमा रहेको वि।सं। १८९४ सालमा स्थापना भएको गणेशभीमसेन मन्दिरको प्रचारप्रसार स्वरुप मन्दिरकै अगाडि धिमेबाजासहितको टोलीले साइकलिष्टहरुलाई सम्मान गरिएको थियो भने दन्तकाली माविका स्काउटमा संलग्न विद्यार्थीहरुले समेत सम्मान गरेका थिए ।
प्रतियोगितामा धरान सहित बिराटचोक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डु ललितपुरका २०० साइक्लिस्टहरु सहभागी भएका थिए ।

त्यसमा विभिन्न पेशामा संलग्नहरु रहेका थिए । चिकित्सक समेत प्रतियोगितामा संलग्न रहेका थिए । साइकलिङ स्वास्थ्यको लागि अत्यन्तै लाभदायक भएकै कारण आफूले भाग लिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा कार्यरत चिकित्सक डा। मधुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा भाग लिनेहरुलाई १ सय रुपैया शुल्क लिएको छ भने स्वेच्छाले समेत दिन सक्ने संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताबाट उठेको रकम धरान उपमहानगरका मेयर हर्क साम्पाङले निर्माण गर्न लागेको वृद्धाश्रमलाई सहयोग गरिने संयोजक श्रेष्ठल जानकारी दिए । प्रतियोगितामा सहभागीहरू हुनेहरुको जीवन बिमा मेडल, सर्टिफिकेट प्रदान गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved