मापदण्ड विपरीत माछा पसल सञ्चालन

  • असार २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ माछाको मासुलाई अन्य मासु भन्दा स्वस्थकर मानिन्छ । विरामीलाई समेत रातो तथा बोसो भएको मासु नखान र माछा प्रसस्त खान सुझाव दिन्छन् तर व्यवस्थित र मापदण्डविपरीत सञ्चालन भएका माछाले त्यसको ठीक विपरीत अस्वस्थ बनाइरहेको छ ।

धनकुटामा पनि यस्ता मापदण्ड विपरीत माछा पसलहरु सञ्चालन गरेको पाइएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ धनकुटाले गरेको अनुगमनका क्रममा हिलेमा सञ्चालन भएका माछा पसल मापदण्ड विपरीत र अस्वस्थ रहेको पाइएको छ ।

धनकुटा जिल्लामा संञ्चालित एक दर्जन माछा पसलमा अनगुगमन गर्दा अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको पाइएको छ भने डिफ्रिज समेत नराखेको पाइएको भेटेनर अस्पताल तथा पशु सेवा विज्ञ धनकुटाका पशु प्राविधिक पुष्प दाहालले जानकारी दिए ।

अनुगमनमा क्रममा धनकुटा तथा हिलेमा सञ्चालित माछा पसल व्यवस्थित बधशाला नभएको, सरसफाइमा हेलचेक्र्याइ गरेको,

मासु काट्ने स्थान तथा मासुबाट निस्कने फोहोर व्यबस्थापनमा समस्या रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाका पशु प्राबिधि दाहालले जानकारी दिए । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरीनरी पसलमा केहीमा म्याद सकिएको औसधि समेत पाइएको उनले जानकारी दिए ।

 धनकुटा बजार, हिले र सिदुवा बजारका दुइ दर्जन भन्दा बढी भेटेरीनरी, मासु, माछा पसल र बधसालामा अनुगमन गरिएकोमा अधिकांश मापदण्ड विपरीत भएको पाइएको थियो ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved