‘गुणस्तरिय शिक्षाको आकर्षण बन्दै मेघा हिमालयन कलेज’

  • असार २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेज गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी सहभागि गराउने विद्यालयको रुपमा परिचित छ ।

  स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ ।

अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो ।

megha1-1

शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो ।

यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद्योपान्त स्थापित गराइराख्नमा मेघा कलेजका प्राज्ञिक व्यक्तित्व, प्राध्यापक, व्यवस्थापन पक्ष सबल र सक्षम हुनु नै हो ।

विज्ञान र प्रविधिको नयाँ आयामसँग साक्षात्कार युवाहरूद्वारा सञ्चालित मल्टिमिडिया प्रेजेण्टेसनद्वारा अध्यापन गराइने कलेज जिल्लाकै पहिलो शैक्षिक संस्था हो ।

कलेजमा प्लस टु तर्फ साइन्स, फुड न्युट्रिसियन र डायटिसियन, कम्प्युटर साइन्स, मेनेजमेन्ट (कमर्श) र होटल मेनेजमेन्ट अध्यापन गराईरहेको छ

भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिबिएसको अध्यापन गराउदै आएको छ ।

बीबीएसमा दोस्रो वर्षमै धरानमा उत्कृष्ट नतिजा ल्याउन सफल मेघा हिमालयन कलेज ‘प्लसटु’ तर्फ विभिन्न स्थानीय विद्यालय सँग सहकार्य समन्वय गर्दै आएको छ ।

विभिन्न विद्यालयका संचालकहरुको सामुहिक सहकार्य र लगानीमा धरान मेघा कलेज संचालनमा छ ।

प्लसटु र बीबीएसतर्फ धरान मेघा हिमालयन कलेजले शैक्षिक क्रियाकलापमा मात्र होइन अतिरिक्त क्रियाकलापमा समेत वैज्ञानिक र आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएको छ ।

मल्टिमिडिया क्लास र अनिवार्य कोचिङ क्लाससँगै विषय विशेषज्ञ (गेस्ट लेक्चरर) हरु द्वारा अध्यापनको व्यवस्था गरेको छ ।

जसले कोर्षभन्दा बाहिरका अनुभवका विषयलाई विद्यार्थीसँग ‘सेयरिङ’ गर्दछ ।

हाइकिङ, एजुकेश्नल टुर, इन्डस्ट्रियल टुर, विजनेश टुर पनि मेघा कलेजका विशेषता हुन् ।

‘यी सहकार्यकलापले विद्यार्थीमा ज्ञानको दायरा फराकिलो पार्ने गर्दछ ।

मेघा कलेजले विद्यार्थीको रुचीअनुसार अतिरिक्त कृयाकलाप र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

परीक्षा प्रणालीको दृष्टिले समेत मेघा कलेजले आफूलाई अद्यावधिक राखिरहेको छ ।

मासिक परीक्षा सञ्चालन गर्नु, विद्यार्थीलाई पृष्ठपोषण प्रदान गर्नु र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा निकाल्नु मेघाको थप विशेषता हो ।

कलेजका अभिभावक र शुभचिन्तकसँग समेत बारम्बार साक्षात्कार गरी विद्यार्थीहरुको रुची, क्षमता र आवश्यक्ताका बारेमा प्रतिक्रिया लिनु मेघा कलेजको एउटा राम्रो पक्ष हो ।

यसबाट विद्यार्थीको शैक्षिक रुचीमात्र नभएर उनीहरूको आवश्यक्ताका बारेमा समेत कलेजले जान्ने प्रयास गरेको हुन्छ ।

कलेजले धरानका प्रतिष्ठित ए क्लासका बैंकहरुमा नियमित इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ ।

मेघा कलेजका विद्यार्थीलाई अब किताबमा मात्र होइन, प्रेजेन्टेशनमा, अतिरिक्त क्रियाकलापमा, सामाजिक उत्तरदायित्वमा अगाडि आएको देख्न सकिन्छ ।

विज्ञान प्रविधिको उच्चतम प्रयोग गरी विश्वस्तरीय शिक्षण सिकाइ क्रियाकलाप गरिरहेको कलेजले विद्यार्थीलाई नतिजामुखी मात्र बनाउँदैन यसले सामाजिक आवश्यक्तालाई बुझ्नसमेत सहयोग गरिरहेको छ ।

‘राजधानी जाने बाध्यता हटेको छ’

गुणस्तरीय शिक्षाका लागि राजधानी जानुपर्ने बाध्यता आफुहरूले अन्त्य गरिदिएको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ ।

उचित शुल्कमा गुणस्तरीय शिक्षा दिनु आपूmहरूको उद्देश्य भएको बताउँदै उनले थपे, ‘विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा हामीले जोड दिएका छौँ ।’

उनको विचारमा विद्यार्थी–अभिभावकहरूको रोजाइमा पर्नुको कारण यो पनि हो ।’

bhaskar

प्रिन्सिपल भाष्कर पौड्याल

मेघामा रहेको होटल म्यानेजमेन्टको प्रयोगशाला प्रदेशमै उत्कृष्ट भएको पौड्यालको भनाई छ ।

डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका विज्ञान तथा होटल म्यानेजमेन्ट प्रयोगशालाका कारण विद्यार्थी मात्र होइन, अभिभावकहरूसमेत शिक्षाको गुणस्तरबाट सन्तुष्ट देखिन्छन् ।

शैक्षिक क्षेत्रमा लामो अनुभव प्राप्त तथा काठमाडौँका नेम्स, पीईए, ह्वाइट हाउस, गोल्डेन गेटजस्ता शैक्षिक संस्थाहरूमा अध्यापन गरिसकेका दक्ष जनशक्ति भएकै कारण मेघामा शैक्षिक गुणस्तरमा कुनै सम्झौता नहुने प्रिन्सिपल पौड्याल बताउँछन् ।

आधुनिक शिक्षण प्रणालीका लागि मेघाका प्राध्यापकहरू र व्यवस्थापन पक्षले संयुक्त प्रयास गरेकै कारण सफल भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अतिरिक्त व्यवहारिक ज्ञान, सिपमुलक कोर्ष राखेर पढाउन चाहेका छौं, किताब पढेर परिक्षा दिदाँ पनि पुग्ने भए पनि कोर्षमा नभएका तर विषय सँग मिल्ने प्रयोगात्मक पढाईलाई प्राथमिकता दिएका छौं ।’

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि बिभिन्न बैंकिङ क्षेत्रका विज्ञहरुबाट अनुभवहरु शेयरिङ गराउने, होटल मेनेजमेन्टमा ठुला ठुला अनुभवीहरुबाट कक्षा लिने, प्राक्टिकलका लागि सोल्टी होटलमा पठाउने पनि तयारी गरिएको उनको भनाई छ ।

साइन्स पढि सके पछि उनीहरुले चाहेको कोर्षको पठ्न टेवा पुग्ने गरिको तयारी कक्षाहरु संचालन गराउँदै आएको उनी बताउँछन् ।

प्लस टु पढ्ने विद्यार्थीहरुको उमेरको कारण मानसिक वा शारिरिक अवश्थामा केही समस्या देखिने गरेकाले कलेजमै स्वास्थ्य उपचार, काउन्सिलिङका लागि चिकित्सक सहितको दुई बेडको स्वास्थ्य केन्द्र बनाएको छ ।

त्यसै गरि शौचालय, क्यान्टिनलाई व्यवस्थित गराउदै विद्यार्थीको साना साना आवश्यक्तालाई मध्यनजर गरिएको छ ।

‘विद्यालय कम्फर्टेबल छ’

Untitled-3जेनिशा श्रेष्ठ
विद्यार्थी, कक्षा १२, साइन्स
‘धेरै नै फ्रेण्डली लागेको छ । यहीबाट एसइई दिएको हुँ ।

सबैले काठमाण्डौं गएर पढ्ने सल्लाह दिनु भएको थियो । तर मैले यही पढ्ने इच्छा गरे ।

किनकी यहाँ काठमाण्डौं कै शिक्षकहरु आएर पढाउनु भएको छ । धरानका चर्चित विद्यालयमा अध्यापन गराई सकेका शिक्षकहरुले पढाउनु हुन्छ ।

विद्यालयमा कम्फर्टेबल लाग्छ । केही प्रश्न गर्नु पर्दा पनि हिच्किचाहट हुँदैन । पढाई धरै राम्रो छ । ब्याचलर लेभलमा अध्यापन गराउने शिक्षकहरु हुनुहुन्छ ।

सानो सानो कुरालाई पनि राम्रो सँग ब्रिफिङ गरिदिनुहुन्छ त्यही भएर पनि कुनै कन्फ्युजन हुँदैन ।

रिफ्रेन्स बुकहरु पनि प्रोभाईड गरिदिनुहुन्छ । परिक्षामा आउने सम्भावित प्रश्नहरुको विषयमा जानकारी गराउनुहुन्छ ।

परिक्षाको पुर्वतयारीका विषयमा जानकारी गराउनुहुन्छ । साइन्स, कम्प्युटर साइन्सको लागि ल्याबहरु पनि पर्याप्त छ । नयाँ टेक्नोलोजिका सामानहरु छन् ।

चाहिएको सामान भनिरहनु पर्दैन सबैले विद्यालयले तयारी गरेको छ । यहाँको क्यान्टीन, शौचालय सुविधामैत्री रहेको छ ।’

‘गुणस्तरिय पुर्वाधार छन्’

Untitled-3 copy
समृद्धि सुवेदी
विद्यार्थी, कक्षा १२, साइन्स
‘कलेजले दिएको सेवा सुविधाहरु राम्रो छ । शिक्षकहरु पनि गुणस्तरिय हुनुहुन्छ , शान्त वातारण भएकाले पनि कुनै डिस्टर्वहरु आउँदैनन् ।

व्यवस्थापन पनि राम्रो छ । ल्याबहरु पनि विद्यार्थीको आवश्यक्ता अनुसार गुणस्तरिय छ ।

एकेडेमीक र शैक्षिक सुविधा राम्रो छ । अन्य कलेजको भन्दा फरकपन चै मेघामा पढाईको गुणस्तरियता राम्रो छ । अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठ ठहरिएको छ। 

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved