धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ ।
डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् ।
यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो ।
धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए ।
सच एण्ड डिस्ट्रोय अभियान अन्तर्गत घर घरमा पुगेर सचेनात्मक कार्यक्रम गरेको बताए ।
उनले डेंगु नियन्त्रणका लागि फगिङ गर्ने कामलाई निरन्तता दिएपनि न्यूनिकरण नभएपछि सर्च एण्ड डिस्ट्रोयसँगै सचेतनात्मक कार्यक्रम गरेको बताए ।
कार्यक्रम स्वास्थ्य सेविकाहरु समेत सक्रिय रहेका थिए ।
धरान १६ को स्वास्थ्य महाशाखाकी अम्बिका पोख्रेलले पानी जम्ने ठाउँमा डेंगु संक्रमण बढी भएपनि धेरै सर्वसाधारणले हेलचेक्र्याई गरेको पाइएको बताइन् ।
घरमा पानी सञ्जय गरेर राखेका भाडा, घरपरि परि रहेका खाल्डाखुल्डी, बासमा जमेको पानी,
बाहिर राखेको टायरभित्र जमेको पानीभित्र डेंगुका लार्भा भेटेर नष्ट गरिएको बताइन् ।
सावधानीका उपायका विषयमा सम्झाउँदा पनि कतिपय सर्वसाधारणले नसुन्ने गरेकै कारण संक्रमण बढेको पाइएको बताइन् ।
घर परिपरि रहेका खाल्डाखुली, फुलदानी, बास लगायतामा पानी जम्न नदिएको खण्डमा पनि डेंगु धेरै नियन्त्रण हुने अर्की स्वास्थ्यकर्मी रमा कार्कीले बताइन् ।
पानी जमेको ठाउँमा लार्भा धेरै भेटिएकोले यस सम्बन्धी जनचेतना समेत सर्वसाधारणलाई दिएको उनको भनाइ छ ।
मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानर्मा संक्रमण बढ्र्दै गएको पाइएको छ ।
डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।
डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।
चिकित्सकका अनुसार डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट लाग्ने गर्छ ।
डेंगु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन्
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने गर्छ ।
सावधानी अपनाउन सकेमात्र यो संक्रमणबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ ।