मेचीनगरमा ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ संक्रमण, ८० बङ्गुरको मृत्यु

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो।

“लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।”

उनले प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायसँग समन्वय र सहयोगका लागि अनुरोध गरिसकिएको जानकारी पनि दिए।

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा शरीरभरि घाउ–खटिरा आउने, ज्वरो देखिने लक्षण देखिएपछि गोठमै पुगेर उपचार थालिएको हो।

सरसफाइका लागि किसानहरूलाई फिनेल लगायतका सामग्री समेत वितरण गरिएको छ। संक्रमित गाईहरूलाई अन्य गाईहरूबाट अलग राखेर मल्हम लगाउने र पेनकिलर औषधि खुवाउने गरिएको उनले बताए।

यसैबीच, मेचीनगर–६ स्थित बबिता बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूका कारण हालसम्म ८० वटा बङ्गुर मरेका छन्। पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिँदा उक्त रोगको पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले जानकारी दिए।

फार्म सञ्चालक बबिता गहतराजका अनुसार जेठ महिनाभरिमा लगातार बङ्गुर मरेपछि ठूलो आर्थिक क्षति भएको छ। “हामी अत्तालिएका छौँ,” उनले भनिन्, “रोग नियन्त्रणका लागि नगरपालिकाको टोली सहयोगमा खटिएको छ।”

पशु सेवा शाखाको टोलीले प्रभावित फार्म र वरपरका क्षेत्रमा औषधोपचार तथा सचेतना कार्यक्रम संचालन गरिरहेको छ। नगरपालिकाले सबै किसानहरूलाई सतर्क रहन र कुनै लक्षण देखिएमा तत्काल पशु सेवा शाखामा जानकारी गराउन आग्रह गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved