चर्च निर्माण भएको विषयमा दुवै संस्थाले बुझाए ज्ञापनपत्र

  • असार ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषयमा अहिले चर्चाको विषय बनेको छ । ऐतिहासिक र पुरातात्विक क्षेत्रमा चर्च बन्न उपयुक्त नभएको भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले सम्बन्धित पक्षलाई ज्ञापनपत्र बुझाएको छ भने धरान ख्रिटिय समाजले नेपालको संविधानमा उल्लेख भएको धर्म निरपेक्षताको प्रसंगलाई कोट्याएर सम्बन्धित पक्षलाई ध्यानकर्षण गराएको छ ।

शुक्रबार धरान ख्रिटिय समाजले धरान उपमहानगरपालिका र इलाका प्रशासन कार्यालयलाई नेपालको संविधानमै धर्म निरपेक्षताको कुरा राखेको बताउदै धर्म निरपेक्षता राष्ट्रमा जुनसुकै धर्मको सम्मान हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । समाजमा अध्यक्ष गोविनद राईको टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोजकुमार घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् ।

यस्तै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले भने केही समय अगाडि नै धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । शुक्रबार भने इलाका प्रशासन कार्यालय धरानमा ज्ञापनपत्र बुझाएको हो । दुवैले ज्ञापनपत्रमा आ आफ्नो अडान राखेका छन् । विजयपुर क्षेत्र धार्मिक समन्वय समितिका तर्फबाट सदस्य पञ्कज घिमिरेले इलाका प्रशासन कार्यालय धरानका प्रमुख घिमिरेले ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख घिमिरेले नेपालको संविधान २०७२ मा धर्म निरपेक्षाको कुरालाई प्राथमिकतामा राखेको र विजयपुर क्षेत्र ऐतिहासिक र पुरातात्विक सम्पदाभित्र सुचिकृत भएकोले दुवैलाई मध्यनजर गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख घिमिरेले भने–नेपालको संधिानमा धर्म निरपेक्षाको कुरालाई राखेको छ, अन्य देशभन्दा नेपालमा धार्मिक सहिष्णुता बलियो भएको बताउँदै संविधानमा उल्लेख भएका कुरा र ऐतिहासिक पुरातात्विक क्षेत्रको संरक्षणको कुरालाई पनि समेटेर समाधान गर्न चाडै नै हामीले धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र सम्बन्धित पक्षसँग छलफल राख्छौं । भीमकला श्रेष्ठ राईको नाममा रहेको जग्गामा कुनै प्रक्रिया नपु¥याई चर्च निर्माण गरेको विजयपुर विजयपुर क्षेत्र धार्मिक समन्वय समितिको अडान रहेको छ भने खिष्टिय समाज धरानले भने संविधानमा उल्लेख गरेको कुरालाई अक्षरस पालना गर्न ध्यानाकर्षण गराएको छ ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved