‘साइन्स र कम्प्युटर साईन्सलाई पनि ब्राण्ड बनाउँदै युएन’

  • असार ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप ।

ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् ।

अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ ।

विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश:

U 1

. होटल मेनेजमेन्टमा युएन कलेज ब्राण्ड बनेको छ, कसरी सम्भव बनाउनुभयो ?

विशेष गरि नेपालमा शैक्षिक बौद्धिक बेरोजगारको संख्या बढ्दै गएको अवश्था देखियो ।

डिफेट के छ भनेर खोज्दै गर्दा शैद्धान्तिक शिक्षा बेसिक भयो त्यसैले बेरोजागारको संख्या बढ्दै गयो । व्यवहारिक विषय पढिएन । हामीले रोजगारमुखी शिक्षा खोज्दै गर्दा होटल मेनेजमेन्ट राम्रो विषय लाग्यो ।

घरमै पनि आवश्यक वैदेशिक रोजगारीमा जादाँ पनि आवश्यक्ता हुने आफैले संचालन गरेर पनि आत्मनिर्भर हुने देखिएकोले होटल मेनेजमेन्टनै उत्तम विषय लाग्यो । अहिले सम्म प्रदेशमा हजारौंको संख्यामा हस्पिटालिटिको क्षेत्रमा योगदान दिएका छौं ।

. शुरुवात गर्दाको अवश्थामा अहिले कत्तिको आकर्षण बढ्दै गएको छ, होटल मेनेजमेन्टमा ?

त्यो बेलामा होटल मेनेजमेन्टमा कमै थियो । होटल बुझेका तर विषय बन्न सक्छ भन्नेमा धेरैलाई जानकारी नै थिएन ।

घर घरमा गएर विद्यार्थीका अभिभावकहरुलाई जानकारी दिने काम गर्यौं । होटल मेनेजमेन्ट विषयले प्रत्यक्ष टुरिजम इण्डष्ट्रिजमा टेवा पुर्याउँदै भोलिका दिनमा विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सक्छ भनेर प्रचार प्रसार गर्यौं ।

अहिले कोशी प्रदेशका विभिन्न शहरहरुबाट होटल मेनेजमेन्ट अध्ययन गर्न विद्यार्थीहरु आइरहेका छन् ।

धरान, इटहरी लगायतका अन्य नगरमा संचालन भएका प्लसटु हरुमा ल्याब बनाउन कन्सेप्ट दिएका थियौं । अहिले क्रेज बढेको छ । यसको श्रेय युएन कलेजलाई नै जान्छ ।

३. शिक्षा क्षेत्रमा ठुलो लगानी गरिरहनु भएकोछ, किन ?

विशेष गरि शिक्षा क्षेत्रमै धेरै लामो समय काम गरियो । मास्टर्ड डिग्री सकेर विदेश जान मन लागेन । देशमै केही गरौं भनेर अठोट गरियो ।

व्यवहारिक शिक्षालाई उद्देश्य बनाएर प्लसटु शुरु गर्यौं । ११ जनाबाट शुरु गर्यौं । त्यस पछि व्यवहारिक रोजगारमुखी शिक्षालाई महत्व दिदै होटल मेनेजमेन्टबाट अध्यापन शुरु गर्यौं । अनि अब तल्लो लेभलको पनि अध्यापन गराउनुपर्छ भनेर दुई वटा स्कुल पनि संचालन गर्यौं ।

धरानमा संस्थापक विद्यालयमा लगानी गरेर चलाईरहे पनि आफु जन्मेको स्थानमा एक दशक भन्दा बढी भयो । समुदायमा आधारित बहुभाषिक पाठशाला स्थापना गरेर संचालन गरिरहेका छौं । शिक्षामा केही योगदान गर्नुपर्छ भनेर लागि परेका छौं ।

४. अन्य स्कुल तथा कलेजहरु भन्दा युएन कलेजमा चै फरकपन के पाउन सकिन्छ ?

युएन चै शैद्धान्तिक शिक्षा मात्रै होइन, व्यवहारमुखी शिक्षा दिनु पर्छ भन्छौं, त्यही नै फरक छ । अर्को चै शिक्षणशैली पनि फरक छ ।

शिक्षणमा शिक्षक ८० प्रतिशत हावी हुन्छन्, विद्यार्थीको सहभागिता करिब ५ देखि १० प्रतिशत मात्रै हुन्छन् । हामीले त्यसलाई ब्रेक गर्दै विद्यार्थीलाई नै शतप्रतिशत एक्टिभ गराउछौं ।

पुरानो शैलिमा पढाई हुन्छ, त्यसले दक्ष जनशक्ति उत्पादन हुन सकिरहेको छैन् । त्यसैले शिक्षणशैली चै विद्यार्थीलाई एक्टिभ गराउदै पढाउने गर्छौै ।

५. कलेज तथा विद्यालयले दिइरहेको सेवाहरु कस्ता छन् ?

हामीले एक नम्बर प्रदेशको हस्पिटालिटिमा ठुलो योगदान पुर्याईरहेको छौं जस्तो लाग्छ ।

युएन कलेजले हस्पिटालिटी, पर्यटन र होटल इण्डष्ट्रिजमा महत्वपुर्ण भुमिका र योगदान दिएको छ ।

युएन कलेजले यस प्रदेशका हजारौं विद्यार्थीहरुलाई हस्पिटालिटीमा सुम्पने मेनपावर तयार गरिसकेको छ । युएन कलेजका विद्यार्थीहरु विश्वका धेरै देशहरु युरोप लगायत मिडलिष्ट देशहरुमा मास्टर्स सेफ भएर काम गरिरहेका छन् । मेनेजर भएर काम गरिरहेका छन् ।

कतै पर्यटन क्षेत्रमा काम गरिरहेका छन् । देशकै विभिन्न पाँचतारे होटलहरुमा काम गरिरहेका छन् ।

६. अबको योजना कस्तो छ ?

होटल मेनेजमेन्ट र मेनेजमेन्टमा युएन कलेज ब्राण्ड बनिसकेको छ । अर्को फेस भनेको चै साइन्स र टेक्नोलोजिलाई फोकस गर्नुपर्छ भनेर प्लसटुमा साइन्स र कम्प्युटर साइन्स पढाईरहेको छौं । साइन्स त सबै तिर पनि पढाई भैरहेको छ ।

तर कति उत्पादनमुखी भएका छन् भन्ने चै छैन् । प्लसटुमा साईन्स पढेर ब्याचलर तह चै अन्य विषय पढ्नेहरु पनि देखिएका छन् । त्यसैले प्लसटु कै पढाईमा साइन्स र कम्प्युटर इन्जिनियरका लागि एडभाइजरहरु राखेका छौं ।

त्यसका अलावा विभिन्न समयमा साइन्स र कम्प्युटर साइन्सका विज्ञहरुबाट विद्यार्थीहरुलाई काउन्सिलिङ गरिरहेका छौं ।

विद्यार्थीहरुलाई प्लसटु पढे पछि थप अध्ययनका लागि उद्देश्य अनुसारका विषयहरुमा काउन्सिलिङ गराइरहेको छौं । नयाँ पन नयाँ ढंगले अध्यापन गराउन साइन्स र कम्प्युटर साइन्स लञ्च गरेका छौं । अबको दुई अढाई वर्षमा यसलाई ब्राण्डिङ गरिसक्छौं ।

UU 1

७. शैक्षिक तथा पुर्वाधारको विकाशका लागि कलेज तथा विद्यालयको अवश्था कस्तो छ ?

गुणस्तरिय शिक्षाको सवालमा कम्पिटेन्ट शिक्षक, लेक्चर चाहिन्छ । त्यसका लागि हामीले गुणस्तरिय शिक्षकहरु राखेका छौं । अहिलेको आवश्यकता अनुसार कक्षा संचालन गरिरहेका छौं ।

हप्तामा १२ पिरेड सम्म फिजिक्स पढाउने गरेका छौं । साइन्स पढ्नेहरुले उनीहरुको उद्देश्य अनुसार पढोस भनेर विषय छनौट गर्न विकल्प सहित दिएका छौं । पुर्वाधारको विषयमा एक दशक सम्म आइपुग्दा हिजोको संरचनामा पुरै परिवर्तन भएको छ । पहिलेको जस्तो छैन् ।

हरेक वर्ष संरचनाको नयाँ ढंगले बनाउँदै आएका छौं । करिब १ करोडको लगानीमा मल्टिप्रपोज बेकरी संचालन गर्ने तयारीमा छौं ।

त्यसका लागि भवन बन्दैछ । युएनका विद्यार्थीहरु आफैले काम गर्दै पढ्दै कमाउने गर्छन ।

स्थानीयका लागि सर्ट टर्म तालिमहरु पनि दिएर जनशक्ति उत्पादन गर्ने तयारीमा छौं । धराने कोशेली भनेर बेकरी अन्तर्गतको उत्पादन गर्नका लागि शिक्षकहरुले रिसर्च गरिरहनु भएको छ । धराने कोशेली भनेर वितरण गर्ने तयारीमा छौं ।

८. कलेज तथा विद्यालयको नतिजाको अवश्था कस्तो छ ?

होटल मेनेजमेन्टमा एक नम्बर प्रदेशमा युएन कलेजले जति नतिजा ल्याएको छ, अन्यले छैन् ।

युएनका विद्यार्थीले प्रदेश टप, सुनसरी जिल्ला टप, धरान टप गरेका छन् । होटल मेनेजमेन्टमा दमककी करुणा राईले दोस्रो नेपाल टप गरिन ।

काठमाण्डौं केन्द्रित शैक्षिक हवलाई तोडेको छ । उत्कृष्ठ नतिजा ल्याएको कारणले अहिले सम्म विद्यालय पहिलो नम्बरमै छ ।

९. अन्त्यमा अभिभावक तथा विद्यार्थीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

एक पटक कलेज भिजिट गर्न म सबैलाई आग्रह गर्न चाहन्छु । विद्यालयले प्रदान गर्दै आएको गुणस्तरिय शिक्षाको अध्ययन, अवलोकन गरिदिन आग्रह गर्दछ । हामीले स्कुल टपर, इन्ट्रान्स टपरलाई एडमिसनमा शतप्रतिशत छुट दिएका छौं ।

ए प्लस ल्याउनेलाई पनि ५० प्रतिशत छुट दिएका छौं । एक दशक पार गरेको अवसरमा अनिवार्य तिन वटा पुस्तक निशुल्क वितरण गरेका छौं ।

अतिरिक्त क्रियाकलापबाट आएका विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौं । विभिन्न प्रतियोगिताका विजेताहरुलाई स्थानीय सरकारको सिफारिसमा छात्रवृत्ति पनि दिने गरेका छौं ।

अन्य सुविधाहरुमा ब्वाईज र गल्र्सको छुट्टा छुट्टै होस्टेल, बसको व्यवस्था पनि छ । विराटचौंक सम्मका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved