पुर्व मेयर तारा सुब्बाको पाचौं स्मृति दिवस सँगै रक्तदान

  • साउन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको पाचौं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा आज सोमबार धरान १९ स्थित हरियाली सामुदायिक वनमा रहेको उनको सालिकमा माल्र्पापण सँगै धरान १६ स्थित तारा सुब्बा पार्कमा रक्तदान कार्यक्रम गरि मनाएको छ ।

हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक सहितको पार्क पनि निर्माण भएको छ । मेयर सुब्बाको अर्धकदको सालिकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रिय सदस्य मञ्जु भण्डारी लगायत प्रदेश र सुनसरी जिल्लाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरूले माल्र्यापण गरि श्रद्धान्जली पनि अर्पण गरेका छन् । 

yamale 111pp

कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राईले स्वर्गीय मेयर सुब्बाले धरानको लागी महत्वपूर्ण योगदान गरेको बताए । उनले संगठनलाई मजबुद बनाउँदै अघि बढ्दै गर्दा सुब्बाको निधनले अपुरणिय क्षति पुगेको बताए । २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट मेयरमा विजयी भएका सुब्बाको बर्षदिन पछि निधन भएको थियो ।

चुनाव अघि नै उनको दुवै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण गरिएको थियो । धरानमा तत्कालिन एमालेको संगठन वलियो बनाउन उनको महत्वपुर्ण भुमिका रहेको मानिन्छ । श्रद्धान्जली कार्यक्रम पश्चात धरान १६ मा रहेको तारा सुब्बा स्मृति पार्कमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।

एमाले १६ नम्बर वडा कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रेडक्रसको ब्लड बैंकमा जम्मा गरिएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved