पहिलो सोमबार पिण्डेश्वरमा भक्तजनको अत्याधिक भीड

  • साउन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका छन् ।

साउनभरि मलबास पर्ने भएकोले पहिलो सोमबार नै अत्याधिक भीड बढेको हो ।

भक्तजनहरुको घुइाचोका कारण व्यवस्थापनमा कठिनाई भएको छ ।

धर्मप्रति आस्था बढेकै कारण बोलबम भक्तजनहरुको संख्यामा समेत बृद्धि भएको बुद्धिजीवि एवम् समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले बताउनुभयो ।

उनले यो बर्ष एक महिना मलवास परेका कारण पहिलो हप्तामै भक्तजनहरुको उल्लेख्य भीड रहेको बताए ।

bolbamm

उनले भने–‘ एकै महिनामा दुई वटा औँसी परेको छ भने मलबास भन्ने गरिएको छ, त्यसबेला सामान्य पूजाआजा चलेपछि ठूला ठूला कार्यहरु हुदैनन, त्यही भएर पहिलो हप्ता नै मन्दिरमा अत्याधिक भीड बढेको हुनुपर्छ ।’

रुद्राक्षरण्य क्षेत्र र ऐतिहासिक क्षेत्र भएकै कारण यहाँ विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको पाइएको उनको भनाई । नेपालका विभिन्न स्थान र भारतका विहारदेखि पनि भक्तजनहरु आएको उनको भनाई छ ।

भीड अत्यन्तै बढेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्वयम्सेवकले लाइनलाई व्यवस्थित बनाउने काम गरेका छन् ।

पिण्डेश्वर मन्दिर प्रांगरणमा सवारी चाप नबढोस् भन्ने उद्देश्यले पिण्डेश्वर क्याम्पस माथि रहेको खुल्ला चउरीमा ट्राफिक प्रहरीले पार्किकको व्यवस्था गरेको छ ।

यता दुईधारेमाथि पिण्डेश्वरसम्म सवारी साधन लान दिएको छैन । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले बताए ।

भक्तजनहरुको सुविधाका लागि कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा सुगर, प्रेसर लगायतका निःशुल्क चेकजाँचसँगै निःशुल्क औषधि वितरण गरिएको छ । यस्तै विभिन्न संघ संस्थाहरुले निःशुल्क खानेपानीको व्यवस्था, खाजा नास्ताको व्यवस्था समेत गरेका छन् ।

विगतदेखि नै टेन्ट व्यवसायीहरुले बोलबमका बेला खाजा नास्ता निःशुल्क वितरण गरेको थियो भने यस बर्ष पनि निःशुल्क व्यवस्था गरिदिएको छ ।

भक्तजनहरुले समेत सप्तकोशीको जल धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा चढाउँदा पुण्य कमाउने अपेक्षालिएर आउने गरेको पाइएको छ ।

इटहरीकमा सुमन विक यो संगै ५ पटक सप्तकोशीको जल ल्याएर पिण्डेश्वरमा चढाएको बताउँछन् ।

चल चढाउदा परिवारमा सुख शान्ति मिल्ने उनको भनाई छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved