स्थानीय बजार प्रवर्द्धनका लागि समन्वय मात्रै गरेको हो: महानगर

  • साउन २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / स्थानीय बजार प्रवर्द्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ ।

विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ ।

“स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटकपटक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका कारण महानगरले सरोकारवाला निकायलाई बोलाएर भन्सार नाका कडाइ गर्नका लागि समन्वय मात्रै गरेको हो

विज्ञप्तिमा भनिएको छ, “भन्सार नाकामा कडाइ हुँदा एकातर्फ स्थानीय व्यापार प्रवर्द्धन भई रोजगारी सिर्जना हुन्छ ।

साथै राज्यको ठूलो धनराशि विदेशिनबाट रोकिन्छ ।” चोरीतस्करी नियन्त्रणका लागि स्थानीय प्रशासनलाई नाकामा थप कडाइ गर्नसमेत महानगरले आग्रहसमेत गरेको छ ।

एक हप्ताअघि महानगरको समन्वयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विराटनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय,

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन, मोरङ व्यापार संघ, विराट व्यापार संघलगायतका प्रमुख र प्रतिनिधिको बैठकले साउन १ गतेदेखि १ सयभन्दा बढीका सामान आयात गर्दा अनिवार्य रुपमा भन्सार महसुस र अन्य राजस्व तिर्नुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार साउन १ गते सोमबारदेखि स्थानीय प्रशासन, प्रहरी र भन्सार कार्यालयले नाकामा कडाइ गरेको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved