धरान/ धरान वडा नम्बर १९मा रहेको किराँतेश्वर माध्यमिक विधालयले यस बर्ष देखि कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गर्ने भएको छ ।
पछिलो समय विद्यार्थीहरुको रोजाईमा पदै गएको कानुन बिषय धरानको सामुदायीक बिद्यालयमा पढाई नहुदा अधिकास विद्यार्थी कानुनको बिषय अध्य्ययन गर्न धरान बाहिर जानु पर्ने बाध्यता हटेको छ ।
बिद्यार्थीहरुले रुचाएको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर किराँतेश्वर मा।वि ले यस बर्षबाट कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरेको बिद्यालयका प्रध्यानाध्यापक योगेन्द्र पालुवाङले बताए ।
कानुन एकदमै महत्वपुर्ण बिषय भएकाले यसको ज्ञान सबैले बुझनु पर्ने हुदा अब प्लसटु बाटै कानुन बिषय अध्ययन गराउन शुरु गरेको उनले बताए ।
कानुनलाई व्यवाहारिक शिक्षाको रुपमा लिने भएकाले यस बिषयमा विद्यार्थीले ज्ञान हासलि गर्ने सक्ने हुदा पछि ब्याचलरमा गएर पढन सहज हुने उनको भनाइ छ ।
बिद्यालयले यस बर्ष ११ र १२ मा अध्ययन गर्ने विध्यार्थीहरुलाई भर्ना शुल्क, किताब समेत निशुल्क प्रदान गर्ने भएको छ ।
मासिक शुल्कमा ८सय मात्रै लिने उनले बताए । आर्थीक अवस्था कमजोर भएका पढने जेहेन्दार बिद्यार्थीलाई मासिक शुल्क समेत नलिने प्रध्यापक पालुवाङले बताए।
यस बर्ष ११ र १२ मा ३० जना बिद्यार्थीहरुले भर्ना हुने पालुवाङले बताए । किराँतेश्वरका कै १० जना र धनकुटा, सिदुवा लगायत धरानका अन्य स्कुलकाबाट बिद्यार्थीहरु आएको बताए ।
कानुन सम्वन्धी दक्ष र अनुभवी शिक्षकहरुबाट अध्ययन गराउने र प्रयोगात्मक अभ्यास र अदालतमा अवलोकन गराउने गरि पढाई सुचारु गर्न व्यवस्था मिलाएको बताए ।
धरान १९मा रहेको एक मात्र बिद्यालय भएकाले यसलाई वडा कार्यलयले नै प्लसटु सम्म पढाई सुरु गर्न पहल गरेको छ । बिद्यालय संचालक समिति बाट १५ लाख रुपैयाको अक्षयकोष बाट आउने व्याजले पढाईमा सहयोग पुगेको उनको भनाइ छ।
बिद्यालयले कक्षा ८ देखि १० सम्म डिजिटल बोर्डबाट पढाउने ब्यवस्था र साईनस पढने बिद्यार्थीलाई प्रयोगशाला कम्प्युटर कक्षाको समेत सुविधा दिदै आएको छ ।