पर्यटकको अकर्षक केन्द्र विन्दु बन्दै चोत्लुङ पार्क

  • श्रावण ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ ।

सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ ।

यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्‍याएको छ ।

साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ ।

सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ ।

यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगुरास नगरपालिका वडा नं. ६ मा पर्ने भुल्के धारा नजिक चोत्लुङ पार्क निर्माण भएको हो ।

पार्कको उद्घाटन कवि वैरागी काइलाबाट गरिएको थियो । पार्क निर्माण भएसँगै पर्यटनको आगमनमा बृद्धि भएको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुन माबुहाङ बताउँछन्

पार्कमा लिम्बु जातिसँगै अन्य जातिका सँस्कृति झल्किने बस्तुहरु राखिएका छन ।

प्रमुख मावुहाङका अनुसार यो पार्कसँगै यूमा संग्रहालय बनाइएको छ । संग्राहायलमा गोर्खालीसँगको लडाइँमा लिम्बुहरुले प्रयोग गरेका हातहतियार, पुराना सिक्का लगायत ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु राखिएका छन् ।

चोत्लुङ पार्क यो क्षेत्रको मुख्य पर्यटकस्थल बनेको उनको भनाई छ ।

यो बाहेक लालीगुरास नगरपालिकालाई हिउँ पर्ने सिजन र लालीगुरास फूल फुल्ने समयमा अत्याधिक पर्यटक आउने गरेको उनले बताए ।

उनले लालीगुरास नगरपालिकाको पहिचान झल्ककाउन पनि यो पार्कले सहयोग गरेको बताए ।

उनका अनुसार बार्षिक ५ देखि ७ लाखसम्म पर्यटक लालीगुरास आउने गरेका छन् ।

दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म पर्यटक आउने बताउदै मेयर माबुहाङ नेपालबाटमात्र हैन भारतबाट समेत पर्यटकहरु यो ठाउँमा आउने गरेको बताए ।

रैथाने वास्तु शैलीमा निर्मित पार्कको मुख्य भवन वरिपरि लिम्बु मुन्धुममा वर्णित सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), फुन्छिङर (पैयू) पाङ्ब (मजिटो), माङयाम्बुङ (फच्याङ), तेतलासे (केरा) लिसिङ फा (मालबांस)लगायतका वनस्पतिहरु यो पार्कमा रोपिएका छन् ।

पार्कको पूर्वपट्टि चोत्लुङ वरक (सिद्धि पोखरी) बनाइएको छ ।

बाटामा ढुंगाको आकर्षक चौतारो र फलैंचाहरु बनाइएका छन् । लिम्बु संस्कृतिमा ढुंगाको ठूलो महत्व छ ।

ऐतिहासिकता झल्किने पार्क र संग्रहायलका कारण बर्षेनी पर्यटक भित्रिने क्रम जारी छ । विगतमा निःशुल्क प्रवेश गर्न दिने गरेको पार्कमा अहिले प्रति व्यक्ति ५० रुपैया लिने गरेको छ ।

चोत्लुङपार्क पर्यटन प्रवद्र्धनको दरिलो खम्बाको रुपमामात्र हैन नगरपालिकाकाको दरिलो आयस्रोतका माध्यम समेत बनेको छ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved