विराटनगर/ युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे ।
नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।
नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ ९२०५७०, ‘झरीले रुझेको गाउँ’ ९२०७०० र ‘समयको बयान’ ९२०७८० गरी तीनवटा कवितासंग्रह प्रकाशित छन् ।
एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संघसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।
कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, संगीतलगायतका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।