प्रा.डा. सुवेदी सहित एसईईमा उत्कृष्ट ल्याउने विद्यार्थीलाई आइडियलको सम्मान

  • साउन ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली तथा स‌स्कृत भाषा साहित्य क्षेत्रमा अमूूल्य योगदान पुर्याएकका पिण्डेश्वर क्याम्पसका प्राध्यापक डाक्टर सागरमणी सुवेदीलाई धरान १४ को आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुलले सम्मान गरेको छ ।

बुुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका सल्लाहाकारसमेत रहेका प्राडा सुवेदीलाई सम्मान गरिएको हो ।

विद्यालयका निर्देशक सागर खड्का र कार्यक्रमका प्रमुख अतिथी १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सम्मान पत्र र खादा लगाएर सम्मान गरेका छन् ।

सोही अवसरमा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई पनि विद्यालयले औपचारिक रुपमा बधाई ज्ञापन गरेको छ ।

तीन जान ए प्लस ल्याउने सहित ३१ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले शैक्षिक क्षेत्रमा आइडियल स्कुुलको महत्वपूर्ण भूूमिका रहेको बताए ।

उनले विद्यालयहरुमा कितावी ज्ञानसँगै व्यवहारिक शिक्षा पनि प्रदान गर्नु पर्ने बताए।

यसै गरि सम्मानित व्यक्तित्व प्राडा सुवेदीले विद्यालयले गरेको सम्मानले अझ आफ्नो कर्ममा थप उत्साही भएर लाग्न उर्जा मिलेको बताए।

उनले विद्यालयहरुले विद्यार्थीलाई जीवन उपयोगी सीप प्रदान गर्नु पर्ने बताए। आफ्ना नानीहरु पनि यही आइडियल स्कुुलमा कक्षा १० सम्म अध्ययन गरेर जादैं गर्दा संस्कार र संस्कृतिबारे नानीहरुले बुुझेकाले विद्यालयको शिक्षा उत्कृष्ट भएको भन्दैं प्रशंसा गरे।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा. सुवेदीको विषयमा देवेन्द्र कार्कीले चर्चा गरेका थिए ।

ideal1

भागवत गीताले भने झै कर्म गर फलको आशा नगर भन्ने कुरा प्राडा। सुवेदीको जीवनमा लागु भएको उनले बताए ।

प्राडा सुुवेदी इलामको एउटा गाउँमा जन्मिएर पनि यति बेला नेपाली तथा संस्कृत साहित्यमा अतुलनिय योगदान दिएको विद्यालयका निर्देशक सागर खड्काले बताए ।

राष्ट्रका धरोहरलाई विद्यालयबाट सम्मान गर्न पाउदा आफुहरुलाई गौरव लागेको उनले बताए। कार्यक्रममा एसईईमा ३.८ जिपीए ल्याउने सम्पन्न सुुवेदी र ३.७ जिपीए ल्याउने सायस्था दाहालले विद्यालयबाट सिकेका कुरा सहभागीहरुलाई अवगत गराएका थिए ।

विद्यालयको पारिवारिक वातावरणमा सिक्ने मौका पाउदा नै आज उत्कृष्ठ नजिता आएको उनीहरुको भनाई थियो ।

विद्यालयका सहायक प्रधानाध्यपक मनोज गुरुङले सहभागीहरुलाई स्वागत गरेका थिए भने कक्षा ८ का अनमोल खत्रीले गीत गाएर उपस्थित सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved