मलमासमा मन्दिर सुनसान

  • श्रावण ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  यो बर्षको साउन महिना एक महिनाभरि मलमास रहेको छ ।

मलमासको प्रभाव धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा परेको छ । मलमासका समयमा पूजाआजा गर्दा शुभ नहुने जनविश्वास रहेका कारण मठ मन्दिर सुनसान भएका हुन् ।

साउनको महिना बोलबमको महिना । अन्य बेला धरान १४ विजयपुरमा रहेका मठमन्दिर भरिभराउ हुन्थे ।

पूजाआजा गर्ने र बलि चढाउनेको लाइन त्यतिकै हुन्थ्यो तर यो बर्ष त्यस्तो छैन । मन्दिरहरु सुनसान छन् ।

सधै पूजाआजा र बली चढाउनेको भीड रहेको बुढासुब्बा मन्दिर यस बर्ष मलमास र साउनको समयमा बलि चढाउन बन्देज लगाएका कारण सुनसान देखिएको हो ।

मन्दिरका पूजारी पुष्प आलले मगरले बुढासुब्बा मन्दिरमा साउनभरि बलि नचढाउदा कम भक्तजन आउने गरेको बताउदै यस बर्ष त झन मलमास परेका कारण मन्दिर सुनसान भएको बताए ।

उनले साउन महिना एक महिना, सोह्र श्राद्धमा १६ दिन, एकादशी, औँशी, रामनवमी, कृष्ण अष्टमी, शिवरात्रीमा बुढासुब्बामा बलि नचढ्ने बताए ।

मलामासका समयमा फाट्टफुट्ट पूजाआजा गर्ने बाहेक बलि चढाउन आउनेको संख्या शून्य हुने गरेको उनको भनाई छ ।

विशेष गरेर बुढासुब्बामा मंगलबार र शनिवार बलि चढाउने र पूजाआजा गर्नेको संख्या अत्याधिक हुने गर्छ ।

यी दुई बार बलि चढाउँदा राम्रो फल प्राप्त हुने जनविश्वास रहि आएको छ ।

यो मन्दिरमा नेपाल लगायत भारतका विभिन्न स्थानबाट पूजाआजा तथा बलि चढाउन भक्तजनहरु आउने गरेका छन् ।

तर अहिले मन्दिर सुनसान हुँदा मन्दिरबाट आश्रित परिवारलाई समेत समस्या परेको छ । विशेष गरेर मन्दिरको प्रांगरणमा फूलमाला बेचेर जिविकोपार्जन गर्नेहरुलाई गुजारा चलाउन नै समस्या भएको छ ।

मन्दिरको प्रांगरणमा धेरै बर्षदेखि फूलमाला बेजेर गुजारा गर्दै आउनु भएकी सर्मिला क्षेत्रीले साउन महिना लागेदेखि भक्तजन कम आएको र विक्री कम भएको बताइन् ।

उनीँमात्र हैन मन्दिरको प्रांगरणमा फूलमाला बेचेर गुजारा चलाउने करिब २० वटा पसलको हालत यस्तै छ ।

विगत २५ बर्षदेखि बुढासुब्बा मन्दिर प्रांगरणमा फूलमाला व्यवसाय गर्दै आउनु भएका गणेश श्रेष्ठले आफूले व्यापार गरेदेखि अहिलेजस्तो सुनसान कहिल्यै नभएको बताए ।

अन्य बेला दैनिक दुई चार हजार विक्री भए पनि अहिले भने दुई चार सय मात्र विक्री हुने बताए ।

बुढासुब्बा मन्दिरमा मात्र दैनिक ४ देखि ५ हजार आउने सर्वसाधारण आउने गरेका छन् ।

मंगलबार र शनिवार अझ बढी भीडभाड हुने गरेको छ । सधै भरिभराउ विजयपुरका मन्दिरहरु साउन महिना भएपनि मलमासका कारण सुनसान छन् ।

मन्दिरमा सर्वसाधारण कम आउँदा मन्दिरबाट आश्रित परिवारलाई पनि समस्या भएको छ ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved