बीपीको स्मृतिमा ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ शुरु

  • श्रावण ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / आज बीपी स्मृति दिवस ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् ।

नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन गरेको सिद्धान्त अहिले पनि सान्दर्भिक भएकोले अंगालेर जानुपर्नेमा जोड दिएका थिए ।

उनले बीपीले प्रजातान्त्र स्थापनाका लागि गरेको कठोर संघर्षको योगदान स्मरण समेत गरेका थिए ।

नेपाली साहित्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो ।

विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनीँ पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनको २०३९ साउन ६ गते आजकै दिन निधन भएको थियो ।

बीपीको निधनको भएको दिन पारेर नेपाली काँग्रेसले प्रत्येक बर्ष स्मृति दिवस मनाउदै आएको छ ।

सो अवसर पारेर नेपाली काँग्रेसले ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ अन्तर्गत धरानका विभिन्न ठाउँमा विभिन्न जातका वृक्षरोपण गरिएको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताए ।

अभियानमा नेपाली काँग्रेस धरान नगर समितिका पदाधिकारी, सुनसरी क्षेत्र नं. १ (१) र १ (२) का पदाधिकारी, काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

फाकफोकथुममा ६ वटा सि ...

इलाम/  इलामको फाकफोकथुम गाउँपालिकामा रु चार क ...

पढ्नका लागि केही छेक ...

धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई ...

ट्राफिक सप्ताह धरानम ...

धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक ...

बुढासुब्बा मन्दिर धा ...

धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved