स्वास्थ्य क्षेत्रमा डिजिटल सेवाको प्रयास जारी "प्रतिष्ठानमा समेत डिजिटल सेवालाई प्रभावकारी बनाइदै"

  • साउन ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाको अवधारणा अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार बर्ष अगाडि ई–हेल्थ मार्गचित्र जारी गरेपछि यो दिनलाई डिजिटल स्वास्थ्य दिवसका रूपमा मनाउन थालिएको हो ।

अहिले यसको प्रभाविकारिता बढ्दै गएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालभित्र पर्छ ।

अहिलेको समय डिजिटलको समय भएकोले प्रतिष्ठानले समेत सेवाहरुलाई डिजिटलाइज बनाएर स्ेवालाई प्रभावकारी बनाउदै लगेको छ ।

प्रतिष्ठानमा आएका विरामीहरुलाई सहजताको पछिल्लो समय ठाउँ ठाउँमा डिजिटल बोर्ड राखिएको छ । बोर्डमार्फत धेरै कुराहरु जानकारी हुन्छ ।

बोर्डमार्फत कुन बार कुन वार्डमा को चिकित्सक बस्ने, प्रतिष्ठानमा उपलब्ध सेवाहरु के के हुन् भन्ने जानकारीसँगै जनचेतनामूलक सन्देशहरु डिजिटल बोर्ड मार्फत सर्वसाधारणलाई जानकारी लिन सहज भएको छ ।

अझ आकस्मिक कक्ष विरामी तथा विरामीको आफन्तका लागि जतिखेर पनि सूचना प्राप्त गर्न जरुरी हुन्छ ।

त्यसैे पनि होला अन्य ठाउँको तुलनामा आकष्मिक कक्षमा ठूलो डिजिटल बोर्ड राखिएको छ ।

गम्भीर प्रकृतिका विरामीलाई उपचार आकष्मिक कक्षमा गरिन्छ ।

यहाँ दैनिक २ देखि ३ हजार विरामी आउने गर्छन् । यहाँ राखिएको डिजिटल बोर्डले विरामी तथा विरामीको आफन्तलाई जानकारी लिन सहज भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि भट्टराई बताउछन् ।

उनका अनुसार प्रतिष्ठानमा रहेका सघन उपचार कक्षमा (आइसियु) जुन क्षेत्र संवेदनशिल क्षेत्र मानिएको छ डिजिडल बोर्ड राखिएकै कारण विरामीको अवस्थाबारे जानकारी लिन सहज भएको छ ।

आइसियु खाली छ छैन भन्ने कुरा डिजिटल बोर्डमार्फत हेर्न सकिने उनको भनाई छ । समय अनुसार सेवा पनि डिजिलाइज हुदै गएको उनको भनाइृ छ ।

पछिल्लो समय अनलाइन टिकट सिस्टम, घरमै बसी बसी ल्याबको रिपोर्ट हेर्न सकिने, विभिन्न स्थानमा राखिएका सूचनाका कुराहरुले विरामी तथा विरामीका आफन्तलाई जानकारी दिन सहज भएको उनको भनाई छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले डिजिटल सेवा समयको माग भएको बताए ।

स्वास्थ्य क्षेत्रमा डिटिल सेवा प्रदान गर्दा स्वास्थ्य सेवाको प्रभावकारिता, स्वास्थ्य क्षेत्रमा विरामीको प्रभावकारी उपचार हुने बताए ।

उनले सेवा प्रभावकारितामात्र हैन डिजिटल हेल्थले समय र खर्च पनि घटाउँने बताए ।

प्रतिष्ठानबाट पाउने रिपोर्ट, सेवाका बारेमा अस्पतालसम्म पुग्नु नपर्ने र घरमै बसेर हेर्न सकिने भएकोले समय र खर्च कम हुने उनको भनाई थियो ।

यतिमात्र होइन स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउने काम गरेकाले प्रतिष्ठानलाई पूर्ण रुपमा डिजिटल सेवातर्पm केन्द्रित गर्न प्रतिष्ठान भरपुर लागि परेको बताए ।

गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँँच पु¥याउने डिजिटल सेवाको मुख्य उद्देश्य हो ।

यसलाई प्रभावकारितातर्फ अगाडि बढाउन नेपालमा पनि चार बर्ष अगाडि राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाउन थालिएको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved