रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

  • साउन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मी र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा समर्पण गरियो ।

उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले प्रदान गरेका थिए १ पुरस्कारको राशि क्रमशस् एकाउन्न हजार र पच्चीस हजार रहेको छ । दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो ।

सो कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की, ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका अध्यक्ष महेश रेग्मी, प्राज्ञ गंगा सुवेदी विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिएभने पुरस्कृत स्रष्टाद्वयको परिचय कवि चूडामणि नेपाल  अकिन्चनञ र पत्रकार कुमार लुइँटेलले दिएका थिए ।

सम्मानित स्रष्टालाई समर्पण गरिएको सम्मानपत्र , रूपकराज सुवेदी , इन्दु सुवेदीले वाचन गरे । अतिथि लगायत सम्पूर्ण उपस्थितलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले र कार्यक्रम सन्चालन प्रतिमा निरौलाले गरेका थिए ।

सम्मानित स्रष्टाहरूले विगत र वर्तमानमा आफ्नो साहित्यिक र पत्रकारिता क्षेत्रमा गरेको योगदानबारे प्रकाश पारेका थिए ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले पिताजीको नाममा राखेको रु पन्द्र लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गरिन्छ ।

यो पुरस्कार हरेक वर्ष प्रदान गरिंदै आएको जानकारी सचिव दिङ्ललीले गराएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved