टोल विसकास समितिलाई सरसफाइ सामाग्री वितरण

  • साउन ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  टोलटोलबाट सरसफाइ भएमात्र धरानका सबै वडा सफा र सुन्दर हुन्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका ८ नं. वडाले आफ्नो वडामा रहेका टोल विकास समिति (टिएलओ) लाई सरसफाइको सामाग्री वितरण गरेको छ ।

वडालाई सफा र सुन्दर बनाउन यो सामाग्री वितरण गरिएको वडाले जनाएको छ ।

जनसंख्या र क्षेत्रफलको हिसाबले पनि ठूलो वडाको रुपमा धरान ८ लाई लिने गरिएको छ ।

यो वडामा धनकुटे कविरटोल विकास समिति, सिदार्थ टोल विकास समिति, गुम्बा टोल विकास समिति, सीता टोल विकास समिति, बमजन टोल विकास समिति, अरुण टोल विकास समिति लगायतका १५ वटा टोल विकास समिति रहेका छन् ।

टोल विकास समितिका नेतृत्वमा सरफाइ भए वडा नै स्वच्छ र सफा हुने भएकोले सरसफाइको सामाग्री वितरण गरिएको हो ।

यो वडामा खोला खोल्सी बढी भएकोले दुर्गन्धित बढी हुने र हातले नै सरसफाइ गर्नुपर्ने बाध्यता भएकोले सामाग्री प्राप्त पछि भने हँटेर गएको भन्दै टोल विकास समितिका अध्यक्षहरुले खुशी व्यक्त गरेका छन ।

रकम भन्दा पनि सामाग्री वितरण गर्दा प्रभावकारी भएको र काम गर्न सहज भएको उनीहरुको भनाई छ ।

वडा नं. ८ मा रहेका सबै टोलविकास समितिलाई चलायमान बनाएर योजना अनुरुप सरसफाइलाई मध्यनजर गरी सामाग्री वितरण गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए, ।

उनले टोल विकास समिति बिना वडाको विकास नहुने भएकोले वडाको हरेक बजेट सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गरिने बताए ,

धरानमा डेंगु संक्रमण अत्याधिक बढेको बेला वडाले सरसफाइलाई ध्यानमा राखेर सरसफाइसम्बन्धी सामाग्री वितरण गरेको छ ।

वडामा भएका सम्पूर्ण टोल सफा र सुग्घर राखेर डेंगु संक्रमण न्यूनिकरण गर्ने अभियान अन्तर्गत पञ्जा, तगरी, गैती, कर्नी,बेल्चा, फूल काट्ने कैंची, डस्विन ,कोदालो, काटा, हतियार उद्याउने सामाग्री तथा झाडु लगायतका सामाग्री वितरण गरेको वडाले जनाएको छ ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved