वी.पी. छुट्टै डेंगु वार्ड संचालनमा

  • श्रावण ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ ।

यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो ।

उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ ।

इमर्जेन्सीमा आउने डेंगुका बिरामीकोे चापमा अत्याधिक मात्रामा वृद्धि हुदाँ कुनैपनि बिरामी उपचार सेवाबाट वंचित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरुको उपचार सेवामा समेत असर नपरोस् भन्ने उदेश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा हाललाई ३० वेडको डेंगु वार्डको व्यवस्था गरिएको छ ।

Dengue 1 प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका विरामीहरु मध्ये सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ ।

हाल कोभिड अस्पतालमा संचालनमा ल्याइएको डेंगु वार्डमा विरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा वेड क्षमता विस्तार एवम सघन उपचार सेवा (आइ.सि.यू) समेत संचालन गरिने कुरा सह प्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए ।

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved