लागू औषध नियन्त्रणको लागि समिति गठन

  • साउन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / पछिल्लो समय लागू औषध विक्री वितरण तथा ओसार पसारमा व्यापकता आएपछि धनकुटा नगरपालिकाले छलफल र अन्तरक्रिया सँगै १३ सदस्यी कार्यसमिति गठन गरेको छ ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति गठन भएको हो । समितिको सदस्य सचिवमा इप्रका पाख्रिबासका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक प्रेम बहादुर राउत,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज निरौला र सदस्यहरुमा सन्तोष मानन्धर, डा.अंकित शर्मा, मोहन राई, प्रकाश शाह, निर्मल रिमाल, श्याम प्रकाश राई,गणेश गुरुङ,धनमाया गुरुङ,नगर प्रहरी इन्चार्ज राम बहादुर तामाङ्ग रहेका छन् ।

लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धि अन्तरक्रिया पश्चात नियन्त्रण्का लागि समिति गठन गरिएको जनाइएको छ । नगर पालिकाभित्र र मुख्य बजार क्षेत्र ४ नं वडामा यस्तो दव्र्य्सनी बढ्दै गएको भन्दै अन्तरक्रियामा चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा नेपाल प्रहरी तथा नगर प्रहरीले आवश्यकता अनुसार शंकास्पद क्षेत्रहरुमा गस्ती गर्ने, नपाका सम्पूर्ण विद्यालय,सरकारी कार्यालय तथा स्वास्थ्य संस्थाको १सय मिटर वरिपरि सूर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने,फार्मेसी पसलहरुमा त्यस्ता शंकास्पद व्यक्तिलाई औषधी वितरणमा रोक लगाउने लगायतको निर्णय गरेको नगरप्रमुख गुरुङले जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved