विजयपुर / समाचार संम्प्रेषण गरेको चित नबुझेपछि बराक्षेत्र नगरपालिका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको बिषयमा ज्यान मार्ने धम्की आएको छ ।
बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको काम प्रति हाम्रो शब्द अनलाईनमा संम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले मंगलबार विश्वकर्माको घरमा पुगेर धम्की दिएका थिए ।
विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिती सदस्य तथा बराक्षेत्र नगर कार्य समेतिका सदस्य समेत रहेका छन । समाचर लेखनमा चित नबुझेको खण्डमा बिभिन्न निकाय र प्रक्रिया हुदा हुदै उनिहरुले घरमा पुगेर धाक –धम्की दिनु पत्रकार प्रतिको स्वतन्त्रता दबाउन खोजेको भन्दै प्रेस चौतारी नेपालले आपति जनाउदै उक्त घटनाको बिषयमा औपचारी रुपमा माफि माग्न पहल गरेका छ ।