मधेशी सेवा समाजद्वारा रक्तदान

  • साउन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / मधेशी समुदायको हक हितका लागि संगठित संस्था मधेशी सेवा समाज धरानले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सामाजिक काम सँगै मधेशीहरुको वृत्ति विकासको उद्देश्य बोकेर गठन भएको संस्थाले धरानमा बढ्दै गएको डेंगु संक्रमितका कारण बीपीमा रगतको अभाव हुदै गएको अवस्थामा थोरै भएपनि रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मधेशी समाज धरानका अध्यक्ष महेन्द्रदत्त कायस्थले बताए ।

उनले भने –‘मधेशी सेवा समाज सामाजिक कार्यकै लागि गठन भएको हो, समाजमा केही दिन सकिन्छ भन्ने अभिप्रायले गठन भएकोले हामीले सामाजिक कार्यलाई निरन्तता दिँदै आएका छौ,पछिल्लो समय बीपीमा डेगु संक्रमणका कारण रगतको अभाव भएको सुनेका थियौ,थोरै भएपनि रगतको आपूर्ति गर्न उद्देश्यले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग सहकार्य गरेर रक्तदान कार्यक्रमको आयोजना गरेका हौ ।

धरान उपमहानगर १ छाताचौक स्थित पुरानो अस्पताल अगाडि गरिउको क्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले समेत रक्तदान गरेका थिए । कार्यक्रममा धरान वडा नम्बर – १ का वडाध्यक्ष यज्ञमणि आचार्य, धरान १४ का वडाध्यक्ष कृष्ण भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved