पिण्डेश्वर विद्यापीठमा ‘शोधसुधा’ को प्रकाशन प्रारम्भ

  • साउन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पिण्डेश्वर विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले ‘शोधसुधा’ जर्नलको प्रकाशन प्रारम्भ गरेको छ ।

विज्ञसमीक्षित बहुभाषिक अनुसन्धानात्मक जर्नलको पहिलो अङ्क बुधबार विमोचन भएको छ । 

प्रकाशित जर्नलका विषयमा प्राडा सागरमणि सुवेदी, उपप्राध्यापक डा जीवनकुमार राई र उपप्राध्यापक राजेश विद्रोहीले समीक्षा प्रस्तुत गरेका थिए ।received_251603747673157

जर्नलमा संस्कृत भाषामा लेखिएका डा गुरुप्रसाद कोइराला, डा महानन्द तिमिल्सिना उपप्राध्यापक टीकाराम दाहाल, उपप्राध्यापक तुलसी पौडेल र दीपेन्द्र गौतमका लेखहरू समेटिएका छन्

 भने डा रमेश घिमिरे, डा तुलसी गौतम, डा नित्यानन्द खतिवडा र सहप्राध्यापक अम्बरराज ढकालका नेपाली भाषाका लेखहरू समावेश छन् ।received_835671124355396

यसै गरी अङ्ग्रेजी भाषामा लेखिएका डा दिवाकर रेग्मी, डा रमेश लिम्बू र उपप्राध्यापक कृष्णगोपाल अधिकारीका लेखहरू जर्नलमा सङ्कलित छन् । डा भवानीशङ्कर भट्टराईको प्रधान सम्पादकत्वमा जर्नल प्रकाशित भएको हो । 

विद्यापीठको कालिदास भवनमा आयोजित कार्यक्रममा विद्यापीठका प्राचार्य उपप्राध्यापक काशीनाथ पौडेलले अनुसन्धानबाट नै विश्वविद्यालय चिनिने भएको बताउँदै अब सबै प्राध्यापकहरू अनुसन्धान कार्यमा क्रियाशील हुनुपर्ने धारणा राखे ।received_535208828731095

अनुसन्धान कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृत विश्वविद्यालयले हरेक विद्यापीठमा अनुसन्धान व्यवस्थापन एकाइ गठन गरेको छ ।

सो विद्यापीठको एकाइले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापन क्षमता विकास, अनुसन्धान प्रविधि तालिमजस्ता प्राज्ञिक कार्यक्रम सम्पन्न गरिसकेको एवम् लघुअनुसन्धान कार्यक्रमसमेत सञ्चालन गरिरहेको कार्यक्रमका अध्यक्ष एवम् अनुसन्धान एकाइका संयोजक डा महानन्द तिमिल्सिनाले जनाए ।

विमोचन कार्यक्रमको सञ्चालन एकाइका सचिव डा रमेश लिम्बूले गरेका थिए ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved