धरानको ४ नंं. वडा सडक सञ्जालमा पछाडि "सम्झौता अनुसार सडक बन्न सकेन"

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं. १५ देखि वडा नं ५ हुदै धरान ४ को हर्दिया जोड्ने सडक समयमा नबनेपछि थपिएको म्यादमा पनि सडक बन्न नसक्दा त्यहाँका स्थानीयहरु मारमा परेका छन् ।

०७५ सालमा ठेक्का सम्झौता भएको सडक म्याद गु्रजिएर थपिएको समय सीमा समेत सकिएको छ । तर विविध कारणले सडक बन्न नसक्दा यहाँका स्थानीयहरु मारमा परेका हुन् ।

धरान ४ हर्दिया धरान उपमहानगरपालिकाको कृषि पकेट क्षेत्र हो ।

यहाँ विभिन्न प्रकारका कृषिजन्य उत्पादन हुन्छ । यहाँका सर्वसाधारणले उत्पादन गरेको कृषि सामाग्री धरानसम्म ल्याएर विक्री गर्ने गर्छन ।

हर्दियाबाट धरान उपमहानगरपालिको बजारसम्म आइपुग्न करिब साढे १६ किमीको दूरी यात्रा तय गर्नुपर्ने हुन्छ ।

सडक सञ्जालले नछोएको यो स्थानमा सडकको आवश्यता महसुस गरी ०७५ सालमा लुम्बिनी गजुरमुखी ज्वाइन्ट भेन्चरले ठेक्का लियो तर कोभिड महामारीका कारण समय सीमामा काम सम्पन्न नभएपछि पुन: म्याद थपियो ।

थपिएकाे म्याद समेत भर्खरै अर्थात २०८० असार मसान्तमा सकिएको छ तर पनि सडक निर्माण हुन सकेको छैन ।

धरान उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले कोरोना संक्रमणले २ बर्ष काम रोकिएको, बीचमा राष्ट्रिय वन पर्ने भएकोले सात प्रदेशमा देशलाई विकेन्द्रिकरण गर्दै गर्दा प्रदेश पनि स्थापना पूर्ण रुपमा भइनसकेको,

नियम, कानुन र आचारसहिंता पनि कार्यान्वयन नभइसकेको अवस्थामा यो टेन्डर लाग्दा वनकोसंक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी नमूना कार्यविधिे नवनेको अवस्थामा रोकिएको बताए ।

कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयकोे निगरानीमा बन्न लागेको सडकको विषयमा पटक पटक मन्त्रालयमा गएर ध्यानाकर्षण गराउँदा भौतिक मन्त्रालयले संघीय सरकारमा डकुमेन्ट पठाएको र प्रोसेसमा रहेको जानकारी गराइएको वडाध्यक्ष राई बताउँछन् ।

यता पञ्चकन्या शव डिभिजन वन कार्यालय धरानका प्रमुख महेश कुमारसाहले हर्दियालाई धरानसँग जोड्न नसक्दा धेरै समस्या भएको भए पनि प्रक्रियागत रुपमा त्रुटी बताए ।

कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मामा ३९ करोडको लागतमा सो सडक ठेक्कामा दिएको थियो ।

निर्माणको जिम्माको विषयमा स्थानीय सरकारलाई कानुनी अधिकार नदिएको भए पनि समय समयमा अनुगमन गर्ने काम भने गरेको बताएको छ ।

प्रदेश सरकारले ठेक्कामा दिएको भौतिक संरचना धेरैजसो अलपत्र पर्ने गरेको धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताए ।

उनले समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा मन्त्रालयले राखेर कारबाही गर्नुपर्ने बताए ।

दुई बर्ष भित्रमा सम्पन्न गर्नुपर्ने सडक ५ बर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् ।

जसले गर्दा यहाँका सर्वसाधारण धरान उपमहानगरपालिकाभित्र बसेर पनि उपमहानगरबासी भएको महसुस गर्न पाएका छैनन् ।

यहाँका बालिकाकाको अध्ययन गर्ने स्थान पनि धरान नै हो, बालिकालाई विद्यालयसम्म आउन समेत मुस्किल हुने गरेको छ भने उत्पादन गरेको कृषि सामाग्री विक्री गर्न समेत समस्या भएको छ ।

यो सडक चाडो सम्पन्न गर्न स्थानीहरुको माग रहेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved