पुर्ण अपाङ्गता भएका व्याक्तिलाई एम्बुलेन्समा ल्याएर नागरिकता

  • श्रावण ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्विर: एम्बुलेन्समा नै नागरिकता दिँदै

इलाम /  इलाममा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई एम्बुलेन्समा बोकेर ल्याई नागरिकता दिइएको छ ।

माई नगरपालिका ७ का शक्ति लावतीलाई जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता दिइएको हो ।

प्रशासकीय अधिकृत हरि थापाले नागरिकता बनाउन आउँदा ल्याएको एम्बुलेन्समा नै आएर हातमा राखिदिएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पूर्ण रूपमा अशक्त भएका र प्रशासन कार्यालयसम्म ल्याउन समस्या हुनेहरु पनि नागरिकताबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले त्यस्तो कहीँ कतै भए सम्पर्कमा आउँदा आवश्यक प्रक्रिया पुरा गरी घरमै पुगेर पनि नागरिकता दिलाइदिने बताए ।

nagarikta--3

नागरिकता बनेपश्चात राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउँदै शक्ति लावती

उनले आज जिल्ला प्रशासन कार्यालयमा ल्याएका व्यक्तिलाई पनि शनिवार घरमै गएर नागरिकता दिने तयारीमा रहेको बताए ।

बस्न समेत नसमाई नसक्ने उनलाई माई नगरपालिका वडा नं ७ का वडाध्यक्ष बुद्धि खनालको पहलमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय ल्याएको शक्ति लावतीका बुबा ललित लावतीले बताए ।

एम्बुलेन्सको बेडमा सुताएर ल्याएका शक्ति लावतीको नागरिकता बनेपश्चात् राष्ट्रिय परिचय पत्र पनि खिचिएको छ । माई नगरपालिका ७ का वडाध्यक्ष बुद्धि खनालले आफ्नो वडामा भएका र समस्या परेको सबैलाई सहयोग गर्ने बताए ।

उनले यो नागरिकता लागि मात्र नभई मुटु, किड्नी को समस्या भएका विरामी लागि अस्पताल सम्म नै पुगेर उपचारका लागि पनि सहयोग गरिरहेको बताए ।

२०६२ सालमा जन्मिएका शक्ति ओच्छ्यानमा नै सुतिरहने गर्दछन् । उनका हात खुट्टा चल्दैनन् र उनलाई एक्लैले बोकेर यता उता सार्न सकिँदैन ।

उनको रेखदेखका लागि परिवारको एक जनाले छोड्न नमिल्ने गरेको शक्तिकी आमा मनमाया लावती बताउछिन ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved