महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / विराटनगरको नोबेल शिक्षण अस्पतालले ग्रामथान गाउँपालिका वडा नम्बर –२ स्थित झोराहाटमा स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

उक्त शिविरविश्व निसन्तान दिवसको अवसर पारि महिलाहरुमा हुने पाठेघर, स्तन र पेट सम्बन्धी रोगको परिक्षण गरिएको थियो ।रेमिट बचत तथा ऋण सहकारी संस्थाको सहकार्य र नोबेलको आइभीएफ सेन्टरले आयोजना एक दिने शिविर आयोजना गरेको हो ।

सो शिविरमा झोराहाट,पिडारवनी, लखनतरी, तेतरिया लगायतका क्षेत्रका महिलाहरु स्वास्थ्य परीक्षणमा उपस्थीत रहेको नोबेलका मार्केटिङ अफिसर नविन दाहालले बताएका छन । शिविरमा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी, डा.मिलुना भुषाल सहितको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

विवाह भएको लामो समय सम्म पनि सन्तान नभएका अधिकास दम्पतीहरु शिविरमा आएका थिए । विरामीहरुको भिडियो एक्सरे पनि गरिएको छ । यसैगरि स्वास्थ्य शिविर अघि निसन्तान रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.डा.सुवेदीले सन्तान नहुदा महिलालाई मात्र दोष दिनु गलत भएको भन्दै बच्चा नहुने समस्या महिला वा पुरुष दुवैका कारणले हुन सक्ने हुदा दुबैले पहिले स्वास्थ परिक्षण गर्ने सल्ला  समेत दिईन । उनले सन्तान नभएका  दम्पतीहरुलाई उपचार वा अन्य विधिबाट पनि सन्तान प्राप्ती गराउँन सकिने हुदा आइभीएफ सेन्टरमा सम्पर्क गर्न आग्रह समेत गरिन् ।

उक्त कार्यक्रममा वडाध्यक्ष यादव खतिवडा, सरस्वती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक असोक लुइटेल, रेमिट सहकारीका अध्यक्ष उमा खतिवडा लगायतले निःशुल्क स्वास्थ्य शिविर र सचेतना मुलक कार्यक्रमले ग्रामिण क्षेत्रका महिलाहरुलाई स्वास्थ सम्बन्धी ज्ञान स्वा्रस्थ रहन समयमा नै स्वास्थ परिक्षण गर्नु पर्ने बिषयमा निकै फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved