सुन तस्करीका नाइके पक्राउ नगरिए सदनमा अनशन बस्ने सांसद शर्माको जिकिर

  • साउन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका संम्लग्न रहेका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो जिकिर गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्नका लागि सात दिनसम्मको समय दिने सो समय सम्म पनि नाइके पक्राउ नगरीएको खण्डमा सुन ओसार्ने भरियालाई मात्र थुन्ने काम भएमा आफू सदनमै अनशनमा बस्ने उनले घोषणा गरेका छन ।

‘यदि समय लिने हो भने ७ दिनभित्र सुन तस्करीका संलग्न मुख्य नाइके पक्राउ गछौँ भनेर भन्नुपर्यो, यदि यो विषयलाई घुमाएर समान्य ढंगले हेरियो र भरियालाई मात्र थुनेर नाइके पक्राउ गरिएन भने म सदनमै आमरण अनशन बस्ने घोषणा गर्छु,’ सांसद शर्माले भने ।

यो बिषय पक्ष अर्थात विपक्ष विचको सवाल नभई आम नेपाली नागरिकहरुको सवाल भएकाले आफू जनताको सवालमा अनशन बस्ने उनको बताए । गत चैत १७ गते अर्थमन्त्रीले सपथ खानु, बैशाख २० गते अर्थसचिव परिवर्तन हुनु, जेठ १७ गते भन्सारको चिफ फेरिनु साथै तुरुनत साउन ५ गते सुन भित्रिनुमा भित्री केहि सम्बन्ध रहेको उनले आशंका व्यक्त गरेका छन ।

नेपालि कांग्रेसबाट निर्वाचित भएका सांसद शर्माले आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणका जोडिएका नाइके पक्राउ गर्न नसकेकाले उनीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने शर्माले बताए ।

देश तथा विदेशका धेरै व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिएको उदाहरण सुनाउदै उनले यहाँ पनि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित शर्मा सरकारी तलब भत्ता नलिने एकमात्र सांसद हुन् । पार्टीगत स्वार्थ भन्दा माथि उठेर अभिव्यक्ति दिदै आएका सांसद शर्मा जनपक्षीय सवालहरूमा कडाईका साथ उत्रँदै आएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved