पिण्डेश्वर विद्यापीठमा प्राध्यापकद्वयलाई बिदाइ

  • साउन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पिण्डेश्वर विद्यापीठको प्रजातन्त्रवादी प्राध्यापक सङ्घ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुईजना प्राध्यापकहरूलाई शुक्रबार बिदाइ गरेको छ । 

सङ्घले प्राचीन न्याय विषयका प्राध्यापक एवम् पूर्वप्राचार्य डा चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा. भरतप्रसाद भट्टराईलाई सम्मानसहित बिदाइ गरेको हो । 

विश्वविद्यालयमा डा. नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष सेवा गरी पुर्याएको योगदानबारे वक्ताहरूले प्रकाश पारेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले संस्कृत वाङ्मयका विभिन्न विधामा खोज–अनुसन्धानका माध्यमबाट समाजमा योगदान पुर्याउन सेवानिवृत्त गुरुहरूलाई आग्रह गरे । 

उनले आफुले पनि संस्कृत पृष्ठभूमिबाट नै शिक्षा लिएको जनाउँदै संस्कृत शिक्षामा बिहान उठेदेखि सुत्ने बेलासम्मका विधिविधान रहेकाले यसले मानिसलाई आचरणयुक्त बनाई देशमा सुशासन कायम गर्न सहयोग पुर्याउने धारणा राखे । 

सो अवसरमा बिदाइ हुने दुवै गुरुहरूले विद्यापीठमा रहँदाका सुखद् स्मृतिहरू सुनाएका थिए ।

 दुवैलाई कार्यक्रमका सभापति डा. महानन्द तिमिल्सिना र प्रमुख अतिथि डा तुम्बाहाङले संयुक्त रूपमा दोसल्ला ओढाउँदै मायाको चिनो र सम्मानपत्र प्रदान गरी बिदाइ गरेका थिए । 

कार्यक्रमका बिचमा सञ्चारकर्मी तथा गायिका अम्बिका दुवाडीले गीत र अभिनयका माध्यमबाट दर्शकहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् । 

विद्यापीठका प्राचार्य उपप्राध्यापक काशीनाथ पौडेल र सङ्घका केन्द्रीय सदस्य उपप्राध्यापक जीवनकुमार राईले गुरुहरूको सेवानिवृत्त जीवन प्राज्ञिक उन्नयनमा क्रियाशील रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । 

सहप्राध्यापकद्वय गुरुप्रसाद कोइराला र टेकनाथ घिमिरेले पद्यात्मक सम्मानपत्र वाचन गर्दै गुरुहरूको जीवनीमाथि प्रकाश पारेका थिए भने सहप्राध्यापक दामोदर गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 एकाइका अध्यक्ष डा. महानन्द तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक सोमनाथ रेग्मीले गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved