रक्तदान गर्न रक्त सञ्चार केन्द्रको आव्हान "डेंगुका कारण बीपीमा रगत अभाव"

  • साउन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा डेंगु संक्रमित विरामीको संख्या बढ्दै गएको छ ।

संक्रमित विरामी बढ्दै जाँदा विरामीलाई चाहिने रगतकाे अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा अभाव छ ।

डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगायत आसपासका जिल्लाबाट अत्याधिक डेंगुका विरामी आउन थालेका छन् ।

विरामी बढेकै कारण विरामीलाई चाहिने रगत रक्त सञ्चार केन्द्रमा अभाव छ ।

अहिले केन्द्रले धरानका सामाजिक संघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।

एक दिन अगाडि रक्त सञ्चार केन्द्रले मधेशी सेवा समाजलाई अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।

सो रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भयो । यस्तै त्यसको भोलिपल्ट सुनसरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गर्दा ४९ पिन्ट रगत संकलन भयो ।

धरानमा मात्र २ हजार भन्दा बढी डेगुका विरामी रहेका छन् भने बीपीमा अन्य ठाउँबाट पनि डेंगुका विरामी आउने गरेका छन् ।

डेंगु विरामीलाई प्लेटलेसकम हुदा विरामीलाई तत्काल रगत चढाउन ब्लड बैंकमा रगत नभएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।

रक्तदानबाट संकलित रगतले विरामीलाई उपचारमा केही सहज पुग्ने उनको भनाई थियो ।

बीपी आफैले सञ्चालन गरेको रक्त सञ्चार सेवा र रेडक्रसले सञ्चाल गरेको केन्द्रमा रगतको अभाग चुलिदै गएपछि केन्द्रले रक्तदान गर्न अनुरोध गरेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानसुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए ।

बीपीको रक्त सञ्चार केन्द्रमा सबै खालका ब्लड ग्रुपको अभाव रहेको छ ।

अहिले विरामी अत्याधिक बढेपछि बीपीले डेगु विरामीका लागि छुट्टै स्थानबाट उपचार थालेको छ ।

विगतको कोभिड अस्पताललाई डेंगु डेडिकेट अस्पतालको रुपमा उपचार शुरु गरेको हो ।

तर त्यहाँ आउने विरामीले पाउने सुविधाका विषयमा विरामीहरु भने सन्तुष्ट छैनन् । रगत अभावले विरामी समस्यामा परेका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved