वडाबासी संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था

  • साउन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा डेंगु संक्रमणको अवस्था विकराल हुदै गएको छ ।

स्थानीय सरकारले यसको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने, धुवा फाल्ने बाहेक अर्काे काम गर्न सकेको छैन ।

तर धरान उपमहानगरपालिका वडा नं. १४ ले भने सचेतानात्मक कार्यक्रमसँगै आफ्ना वडाका विरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिदिएको छ ।

धरानमा डेंगु संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।

अहिले धरानमा २ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ जनाले डेंगुकै कारण ज्यान गुमाउनु परेको छ ।

यस्तो अवस्थामा स्थानीय सरकारले नियन्त्रणको प्रयास भन्दा आफ्ना नागरिकलाई सहज रुपमा उपचार गर्ने कुरामा भने ध्यान दिएको छैन ।

तर धरान १४ वडा समितिले भने आफ्नो वडामा भएका संक्रमितलाई धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रले विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर नि:शुल्क उपचार थालेको छ ।

१४ नं. वडाले वडाबासीको घर घरमा मात्र हैन विद्यालय केन्द्रित लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको छ । धरान १४ दन्तकाली मा.वि वरिपरि रहेको लार्भा नष्ट गर्ने र विद्यार्थीहरुलाई सचेतनात्मक कार्यक्रम गरेको हो ।

डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी लिएका विद्यार्थीहरुले आफू पनि डंगुबाट बच्ने उपायमा सचेत रहने र घर घरमा र टोलटोलमा गएर सबैलाई भन्ने बताएका थिए ।

विद्यार्थीहरुलाई डेंगु संक्रमणबाट बच्ने उपायका विषयमा जानकारी दिँदा प्रभावकारी हुने भएकोले विद्यालयमा गएर सचेतनात्मक कार्यक्रम गरिएको आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख युनिसा खत्रीले बताइन् ।

उनले केन्द्रले वडामा भएका संक्रमित विरामीहरुलाई विजयपुर मेडिकल हलसँग समन्वय गरेर निःशुल्क उपचारको व्यवस्था गरिएको बताइन् । अहिले पनि ७ जनाले उपचार गराइरहेको उनको भनाई छ ।

डेंगु सक्रमित विरामलाई सहज होस् भन्ने उद्देश्यले निःशुल्क उपचारको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनले डेंगु संक्रमित भएको कुनै प्रमाण वडाबासीमा पाइएमा उनीहरुलाई निःशुल्क स्वास्थ्य उपचार गरिदिन विजयपुर मेडिकल हलसँग समन्वय गरेर उपचारको व्यवस्था गरिएको बताए ।

 

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved