एसईइ रनिङ शिल्डको फाइनल खेलमा बराहा र सत्यनारायण मावि भिड्दै

  • साउन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / दोस्रो संस्करणको एसईइ रनिङ शिल्ड फुटबल कप अन्तर विद्यालय स्तरीय प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो विराटनगर वडा नम्बर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा सुचारु भईरहेको छ ।

प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगको सत्यनारायण मावि विच प्रतिस्पर्धात्मक खेल हुद छ। बराहाले ४ र सत्यनारायण माविले समेत ४ वटा स्कुललाई पछि पादै उपाधिको फाईनल खेल्मा पुगेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलको यात्रा सुरक्षीत गरेको थियो। जितको लागि बराहाका रोहन राईले २ गोल र आयुश मगरले १ गोल गरेका थिए । सान्तवना गोल सहिद स्मृति स्कलका सुशील राईले फर्काए । म्यान अफ द म्याच बराहा राईजिङका रोहन राई घोषित भए ।

दोस्रो सेमीफाइनल खेलमा साविक विजेता मोरङको बुढीगंगाकामा रहेको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा प्रवेस गरेको थियो । निर्धारितसमय अवधिभरमा १–१ गोलको बराबरी भएपछि जितको निर्णायक टाइब्रेकर बाट हुदा । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजबंशी घोषित भए ।

प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले बताएका छन । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि गिफट ह्यम्पर प्राप्त गर्नेछन् । विधागत रुपमा जित्ने खेलाडीहरुलाई समेत ट्रफी गिफट ह्यम्पर साथै विद्यालयले छात्रवृत्ती समेत प्रधान गर्ने छ ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved