२८ औै रक्त सञ्चार सेवामा उत्कृष्ट रक्तदाता संस्थालाई सम्मान

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ ।

रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ ।

महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ ।

यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ ।

देशभर ५८ औं रक्त सञ्चारसेवा दिवस मनाइरहँदा नेपाल रेडक्रस सोसाइटी सुनसरीले गरेको कार्यक्रममा पटक पटक रक्तदान गरेर विरामीको सेवामा तल्लिन सर्वसाधारणहरुको उत्साह अझै नघटेको पाइएको थियो ।

विशेष गरी अन्य रगतको तुलनामा अहिले पनि ‘ओ नेगेटिभ’, ‘ए नेगेटिव’, एवी नेगेटिव जस्ता दुर्लभ रगतका समूह पाउन कठिन छ । यी समूहका व्यक्तिले अरु समूहका विरामीलाई रगत दिन र लिन मिल्दैन तर उनीहरुलाई त्यही समूह चाहिन्छ ।

ओ नेगेटिभ ग्रुप भएका विराटनगरका यादव प्रधानले धेरैलाई अफ्यारो अवस्थामा रहेका विरामीलाई रगत उपलब्ध गराउदै आएका छन् ।

जीवन र मरणको दोसाधमा पुगेको विरामीलाई रगत उपलब्ध गराउन पाउँदा आफूलाई आनन्द र आत्मसन्तुष्टि बेग्लै हुने प्रधान बताउँछन् ।

मन्दिर गएर पूजा गर्दैमा धर्म नहुने तर एक पिन्ट रगत कसैलाई दिएर जीवन दिनु नै ठूलो धर्म र आत्मसन्तुष्टि भएको अर्का ए नेगेटिभ ग्रुप भएका रक्तदाता इटहरीको तरहरा निवासी फणिन्द्र भण्डारी बताउछन् ।

रगतको अभावमा कोही पनि अकालमा मर्न नपरोस् भन्ने उद्देश्यले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको र सोही अनुरुप काम पनि गर्दै आएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।

सो अवसरमा रक्तदान कार्यक्रम गरेर एकै दिनमा धेरै रगत संकलन गर्ने संघ सस्थालाई रेडक्रस सुनसरीले सम्मान गरेको थियो ।

सम्मानित हुने संस्थाहरुमा २२८ पिन्ट रगत सकलन गर्ने इटहरीको उद्योग वाणिज्य संघ, २८३ पिन्ट रगत संकलन गर्ने पेन्सन वितरण कार्यालय धरान र १९३ पिन्ट रगत संकलन गर्ने नेपाल तरुण दल धरान १७ लाई सम्मान गरेको हो ।

सोही अवसरमा विरामीका लागि सहज रुपमा दुर्लभ रगत उपलब्ध गराउने उद्देश्यले दुर्लभ रगत समूह भएकाहरुले कोशी प्रदेश स्तरीय रक्त सञ्चार समूह समेत गठन गरेका थिए ।

नेपालमा २०२३ साउन १२ गते नेपाल रक्त सञ्चार सेवा स्थापना भएको थियो । रडक्रसले दिएको तथ्यांक अनुसार नेपालमा वर्षीक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने गरेको छ ।

रेडक्रसको अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन् ।

त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved