डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न

  • साउन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो  चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ ।

डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो ।

सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेको थियो।

रोटर्याक्ट  यादव भुजेलद्वारा कन्जक्टीभाइटिस लाग्नुको कारण, सर्ने मध्यम र उपचारको मार्ग निर्देशन तथा डेंगुका बारेमा आवश्यक जानकारी समेत दिइएको थियो। यस बारेमा बच्चाहरूलाई परिस्थितिको गम्भीरता बुझ्न कसरी सकिन्छ भनेर पनि सिकाएको थियो । उक्त कार्यक्रमा आवश्यक औषधिहरु समेत वितरण गरीएको थियो।

कार्यकम रोटर्याक्ट प्रा.डा.आशिष श्रेष्ठ, डा.अभिषेक शर्माको मुख्य अगुवाईमा सञ्चालन गरीएको थियो। सो कार्यक्रम  प्रवेश पोखरेल, यादब भुजेल,आनन्द कुमार साह, शितल श्रीवास्तव ,आयुष कुमार यादव, कृतिका बस्नेतको समेत उपस्थीत रहेको  थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved