डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

  • श्रावण १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ ।

विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ ।

विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए ।

तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् ।

पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् ।

उनले भनिन्–‘मलाई धरान आउनै मन थिएन, छोरालाई छुट्टीको समयमा धरानमा आफन्तकोमा पठाएको थिएँ, त्यही बेला डेंगु भएछ,

उपचारका लागि धरान आउनै पर्‍यो, छोरालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेपछि सञ्चो भयो र आज विहान दर्शन गर्न पिण्डेश्वर आएकी हु ।’

उनी घर आजै फर्किने तरखरमा छिन् । यस्तै मोरङको उर्लाबारीबाट आएका अमन भट्टराईले समेत बोलबममा आउन डेंगुकै कारण डर भइ भई आएको बताए ।

bolbom-pic-1

उनले भने–‘आज सोमबार पिण्डेश्वरमा बोलबमको समयमा जल चढाउँदा पुण्य हुने भएर नै आएको हुँ, डेंगु भयावह रहेछ फर्किहाल्छु ।’

यी दुई त प्रतिनिधिपात्र मात्र हुन् मलमास भन्दा पनि धरान डेंगु संक्रमणको डेन्जर जोनभित्र पर्ने सञ्चारमाध्यमबाट थाहा पाएपछि सधै भरिभराउ हुने पिण्डेश्वर मन्दिरमा भक्तजन कम आएका छन् ।

पिण्डेश्वर बाबा धाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरेले विगतमा मलमास पर्दा पनि भक्तजनहरु कम आउने गर्थे तर यस्तो अवस्था भने नभएको उनले बताए ।

उनले भने–‘मलबासमात्र हैन डेंगुकै त्रास हुनुपर्छ, यसपटकको सोमबार भक्तजन अत्यन्तै न्यून संख्यामा आएका छन् ।’

कोशी प्रदेशमा करिब ४ हजार हाराहारीमा डेंगु संक्रमण हुदा धरानमा मात्र संक्रमणको संख्या ३ हजारको हाराहारीमा रहेको छ ।

डेंगुकै कारण यस बर्ष बोलबम मेला समेत प्रभावित भएको छ ।

विगतको साउनको सोमबार प्रत्येक हप्ता १ देखि २ लाख भक्तजन आउने गरेपनि यस बर्ष भने ५/१० हजार भक्तजन पनि नआएको समितिले जनाएको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved