नेकपा एमाले धरानले तीन महिने स्कुल बिभाग प्रशिक्षण अभियान सुचारु गरेको छ ।

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको  नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग  प्रशिक्षण कार्यक्रम गरेको  एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए।

उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् ।

शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राइले एमालेको मिसन ८४ मा केन्द्रित रहेको बताउदै। माओवादी सङगको पार्टी एकता गर्ने हुदा एमालेका कार्यकर्ता ,मतदाताहरु बिचमा एमालेको नियमित उपस्थिति हुन नपाएका कारण अहिले आन्तरिक समस्याहरु बढदै गएको उनले बताए ।

अब एमालेले केन्द्र देखि टोल सम्म नै सुदृढीकरण गदै लाने बताएका छन । एमाले धरानले सुरुवात गरेको अभियान उदाहरणिय रहेको भन्दै उनले अब यो अभियानमा पार्टीका सबै क्षेत्र पुग्ने बताए । एमाले कि केन्द्रिय सदस्य मन्जु भण्डारीले कम्युनिस्ट पार्टीका नेताहरुको आचरण बिग्रन थालेको भन्दै उनले प्रशिक्षण अभियानले पार्टीमा रहेका सबै किसिमका समस्याहरुलाई समाधान गर्न सहयोग पुग्ने बताइन ।

एमाले सुनसरीका सचिवालय सदस्य तथा क्षेत्र १ का सह– सम्योजक पदम प्रसाद लिम्बुले एमाले अब नयाँ पुस्ताहरुमा रुपान्तरण हुने बताए । एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले एमाले धराने जन्ता सँग रहने र जनताको समस्य समाधान गर्न निरन्तर लागि पर्ने बताए ।

कार्यक्रमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सांम्सद रमेशकुमार बस्नेतले जनता किन कम्युनिस्ट हुने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए भने एमाले धरानका उपाध्यक्ष पारस काङमाङ रार्इले कम्युनिस्ट पार्टीको व्यबहारको बिषयमा प्रशिक्षण दिएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved